दुर्घटनामा एकको मत्यु, चार घाइते

इनेप्लिज २०७१ चैत २३ गते ४:४५ मा प्रकाशित

accident-signलम्की (कैलाली), २३ चैत । कैलालीको स्याउलेमा जिप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।

गएराति धनगढीबाट बौनियाँतर्फ आउँदै गरेको बा६च ८५८७ नम्बरको जिप र अत्तरियातर्फ जाँदै गरेको से१त ३९६४ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी जिपमा सवार कैलालीको सडकपुर बौनियाबजार व्यवस्थापन समितिका पूर्वमहासचिब ४० वर्षीय शिवराज जोशीको उपचारका क्रममा धनगढीस्थित सेती अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइतेहरु द्वारिकाप्रसाद धमला, मृतक जोशीकी श्रीमती मनिषा जोशी, सडकपुर बौनियाबजार व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष रुपक सुनार, ऋतु विष्टको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विश्वराज खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया