एमाओवादीलाई चौतर्फी रुपमा घेराबन्दी गर्न खोजियो: कोषाध्यक्ष गजुरेल
विराटनगर, २२ चैत । एकीकृत नेकपा (माओवादी)का कोषाध्यक्ष हरिबोल गजुरेलले सहमतिमै संविधान निर्माण गर्न जनदबाब दिने उद्देश्यले आन्दोलन गर्न लागिएको बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङघ, मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले आन्दोलनको स्वरुप शान्तिपूर्ण हुने बताउनुभयो । आन्दोलनबाहेक अन्य कुनै विकल्प नदेखिएको र यसमा जनताको पनि समर्थन रहने कोषाध्यक्ष गजुरेलले विश्वास व्यक्त गर्नुभयो ।
एमाओवादीलाई चौतर्फी रुपमा घेराबन्दी गरेर कमजोर पार्ने षडयन्त्र भइरहेको उल्लेख गर्दै उहाँले प्रक्रियाको माध्यमबाट संविधान जारी गरियो भने मुलुकमा ठूलो आन्दोलन हुने र मुठभेडको अवस्था सिर्जना हुनेछ भन्नुभयो ।
सङ्घीयतालाई थाती राखेर संविधान निर्माण गर्नुको कुनै औचित्य नरहेको उल्लेख गर्दै कोषाध्यक्ष गजुरेलले सङ्घीयता नभए मुलुक टुक्रिने सम्भावना व्यक्त गर्नुभयो ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
मिनेसोटामा डन्ट राइटलाई गोली हान्ने महिला प्रहरीलाई दोश्रो दर्जाको मानवहत्याको अभियोग
प्रतिक्रिया