सोमबार, मंसिर १५ २०७७
काठमाडौं १४:३१
वासिङटन डिसी 03:46

देश टुक्र्याउने विषयमा सहमति नगर्ने: एमाले सचिव आचार्य

इनेप्लिज २०७१ चैत २२ गते १४:३४ मा प्रकाशित

7e7e32369099c7664bb833f07d19cdfdपथरी (मोरङ), २२ चैत । नेकपा (एमाले)का सचिव भीम आचार्यले एमालेले देश टुक्र्याउने खालको विषयमा सहमति नगर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) कोसी अञ्चल कमिटीले आज विराटनगरमा आयोजना गरेको पद हस्तान्तरण कार्यक्रममा सचिव आचार्यले देश टुक्र्याउने खालको सहमति गर्न आफूहरु तयार नभएको कारणले नै एमाओवादी तथा मधेसवादी दलले आन्दोलन गर्न खोजेको बताउनुभयो ।

एमाले संविधानसभाबाट संविधान जारी गर्नका लागि जस्तोसुकै सहमति गर्न पनि तयार रहेको भन्दै उहाँले एमाओवादीलगायत मधेसवादी दल संविधान निर्माणदेखि भागेर आन्दोलनको घुर्की लगाउनु जनताका लागि बहानाबाजी मात्र भएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया