नयाँ संविधानले जनताको भाग्य र भविष्य सुनिश्चित गर्ने: मन्त्री रिजाल
इनेप्लिज
२०७१ चैत २२ गते १४:३२ मा प्रकाशित
सङ्खुवासभा, २२ चैत । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले अब बन्ने लोकतान्त्रिक नयाँ संविधानले नेपाली जनताको भाग्य र भविष्य सुनिश्चित गर्ने बताउनुभएको छ ।
सङ्खुवासभाको मादी नगरपालिका–६ स्थित देवढुङ्गामा नवनिर्मित मूर्तिको प्राणप्रतिष्ठा एवम् ज्ञान महायज्ञ शिवपुराणको अवसरमा बोल्दै वर्तमान सरकारले नै राजनीतिक सहमति जुटाएर संविधान निर्माणको प्रक्रियालाई टुङ्गोमा पु¥याउनेछ भन्नुभयो ।
मन्त्री रिजालले विविध धार्मिक सम्प्रदायहरुबीच सहिष्णुता रहेको मुलुकका रुपमा नेपाल विश्वसामु परिचित रहेको उल्लेख गर्नुभयो ।
सोही अवसरमा क्षेत्र नं २ सङ्खुवासभाका संविधानसभाका सभासद् दीपक खड्काले विगतमा पनि नेपाली काँग्रेसको अगुवाइमा संविधान जारी भएको र यसपटक पनि काँग्रेस नेतृत्वकै सरकारको पालामा मुलुकले लोकतान्त्रिक संविधान पाउने बताउनुभयो ।
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
राजधानी मन्दिरमा नेपाली पण्डित मोतिलाल शर्माबाट— स्वस्थानीको सॉगे (भिडियोसहित)
अमेरिकाको मिसिगनमा १४ बर्षिय किशोरीले हजुरआमाको हत्या गरेको अभियोगमा पक्राउ
एफडिएले अमेरिकामा जोन्सन एण्ड जोन्सन सहित कूल तीन खोप बनाउने प्रतिष्ठानलाई आपतकालीन प्रयोग गर्न खोपको स्वीकृत
प्रतिक्रिया