बुधबार, मंसिर १० २०७७
काठमाडौं १०:५७
वासिङटन डिसी 00:12

ढकालको निधनले ‘एमाले मर्माहत र शोक विह्वल’, दाहसंस्कार सोमबार

इनेप्लिज २०७१ चैत २२ गते ११:१३ मा प्रकाशित

ramnath-dhakalनेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

स्वाइन फ्लुबाट पीडित ढकालको आज दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहनुभएको तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ ।

प्रतिक्रिया