एमाले नेता ढकालको निधन
काठमाडौँ, २२ चैत । स्वाइन फ्लुका कारण अस्वस्थ भई गत साता अस्पताल भर्ना हुनुभएका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको आज निधन भएको छ ।
यही चैत १४ गतेदेखि धापासीस्थित गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका नेता ढकाललाई आज दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
ढकाललाई चैत १५ गते थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्ली लाने तयारी भए पनि मौसमको प्रतिकूलताका कारण यही उपचार गराइएको थियो ।
नेता ढकालप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको शवलाई सोमबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा राखिने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
ढकालको दाहसंस्कारको समय र स्थान भने तय भइसकेको छैन । ढकाल अघिल्लो संविधानसभामा राज्य व्यवस्था समितिका सभापति पनि हुनुहुन्थ्यो ।
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
अमेरिकामा १ करोड १ लाख ५५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ४ लाख ५४ हजारले खोप लगाए
अमेरिकाको मिजौरीमा एघार बर्षिय एकमात्र छोरीले कोरोनाबाट बुवाआमा मृत अवस्थामा फेला पारिन
प्रतिक्रिया