सप्तरीमा तीन महिनामा पाँचको हत्या
राजविराज, २२ चैत । सप्तरीमा पछिल्लो तीन महिनामा पाँच जनाको हत्या भएको छ । सन् २०१५ को जनवरीदेखि मार्चसम्मको तीन महिनाको अवधिमा एक बालक, दुई बालिका, एक महिला र एक वृद्धको हत्या भएको छ ।
आफ्नै आमाबाट एक बालक र दुई बालिकाको हत्या भएको छ भने एक जना पतिले आफ्नी पत्नीको हत्या गरेका छन् । यसैगरी बोक्सीको आरोपमा तीन जना युवकले एक वृद्धको हत्या गरेका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीले पछिल्लो तीन महिनाको घटना प्रतिवेदन सार्वजनिक गर्दै छ महिनाकी बालिकादेखि ७० वर्षीय वृद्धसम्मको हत्या भएको जनाएको छ ।
यसैगरी सोही अवधिमा आठ वर्षीया बालिकादेखि ५१ वर्षीया एकल महिलासम्मको बलात्कारका छ वटा घटना भएको इन्सेक जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।
घरेलु हिंसाका २९ वटा मुद्दामा घरनिकालाको १४, कुटपिटका छ, धम्कीका चार, पत्नी अस्विकार गरी छाडेको चार र नागरिकता नबनाई दिएको एउटा घटना रहेको सो प्रतिवेदनमा उल्लेख छ ।
सो प्रतिवेदन सार्वजनिक गर्दै न्यायाधीश रामप्रसाद अधिकारीले अपराध नियन्त्रण गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । अपराधलाई घृणा गर्न थाल्यौँ भनेमात्र यसको नियन्त्रण हुन सक्ने उहाँले बताउनुभयो ।
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
प्रतिक्रिया