चट्याङमा परी तीनको मृत्यु
चरिकोट, २२ चैत । दोलखामा शनिबार साँझ फरक फरक ठाउँमा चट्याङ पर्दा तीन जनाको मृत्यु भएको छ ।
शैलुङ्गेश्वर गाविस–५ बस्ने ५५ वर्षीय यामबहादुर कार्की र ३५ वर्षीया रेखा बस्नेतको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामाले बताउनुभयो । शनिबार साँझ नै आलम्पु गाविस–१ मा चट्याङबाट ५६ वर्षीय मञ्जुरे थामीको पनि मृत्यु भएको हो ।
यसैगरी, शनिबार साँझ मेलुङ्गबाट सदरमुकाम चरिकोटर्फ आउँदै गरेको बा ११ च २७३ नम्बरको जीपमाथि रुख ढल्दा चार जना यात्रु घाइते भएका छन् ।
घाइते हुनेमा भीमेश्वर नगरपालिका–१० का रञ्जित लामा, सोही वडाका आनन्द लामा, भीमेश्वर नगरपालिका–३ का सुरज थामी र मेलुङग गाविस–१ का श्यामबहादुर थापामगर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते रञ्जितलाई उपचारका लागि काठमाडौँ लगिएको छ । अन्य तीन जनाको स्थानिय च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ । उक्त जीप मेलुङग गाविसको वडा नं १ मा दुर्घटनामा परेको हो ।
टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ
भर्जिनियामा कोभिड-१९ बाट १० बर्ष मुनिका बच्चाको पहिलो पटक मृत्यु
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
वाशिंगटन डिसीमा मिलिशिया समूहको ‘सम्भावित षड्यन्त्र’ पत्ता लागे पछि सुरक्षा कडा
मेरिल्याण्डका पूर्व प्रहरी प्रमुखलाई शृंखलाबद्ध रुपमा दर्जनौ घरमा आगजानी लगाएको आरोपमा पक्राउ
प्रतिक्रिया