मोडलिङमा चम्किँदै रमेश

इनेप्लिज २०७१ चैत २२ गते ५:४० मा प्रकाशित

लक्ष्मी काफ्ले

11091173_1600105870201461_592347937_nपछिल्लो समय चलचित्र छायाङ्कनको लागि झापा जिल्ला अग्रपङ्क्तिमा आउन थालेको छ । नयाँ नयाँ स्थान अनि दृष्य हेर्ने दर्शकको चाहनालाई ध्यानमा राख्दै पछिल्लो समय झापाका पर्यटकीय अनि धार्मिक स्थलमा चलचित्र मात्र होईन म्यूजिक भिडियो पनि छायङ्कन हुन थालेका छन् ।

म्यूजिक भिडियो दिनहुँ छायाङ्कन हुन्छन् झापामा । पछिल्लो समय खासगरी कलाकारीतामा विशेष रुची राख्ने झापाली कलाकारहरु आफ्नै जिल्लाबाट ‘डेब्यू’ गरिरहेका छन् । म्यूजिक भिडियोमा अभिनय गर्न सञ्चारक्षेत्रका युवाहरुको लर्को नै छ । भर्खरै एउटा नयाँ म्यूजिक भिडियो बजारमा आएको छ– ‘भुल्न खोजें धेरै धेरै….।’ यो म्यूजिक भिडियोमा पनि सञ्चार क्षेत्रकै युवाको अभिनय देख्न सकिन्छ ।

‘निलकाँडा’ एल्बममा भएका ६ वटा गीतमध्ये ‘भुल्न खोजें धेरै धेरै…’ बोलको गीतको म्यूजिक भिडियो यतिबेला चर्चामा छ । भर्खरै रिलिज भएको यस म्यूजिक भिडियोमा रमेश तिवारी र बिपिला पाठकको मुख्य अभिनय देख्न सकिन्छ । ६ महिना अघि रिलिज भएको यस गीतको म्यूजिक भिडियो भने भर्खरै बजारमा आएको हो । नवगायक रमेश अञ्जान कडरियाको स्वरमा सजिएको यस गीतलाई सुन्दर लावतीको निर्देशनमा म्यूजिक भिडियो तयार पारिएको हो । निर्देशक लावतीले दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।

11117774_1600106040201444_1288220682_nम्यूजिक भिडियोमा मुख्य अभिनय गरेका रमेशको यो दोस्रो म्यूजिक भिडियो हो । तुलनात्मक रुपमा पहिलो भन्दा दोस्रो म्यूजिक भिडियो उत्कृष्ट बनेको भन्दै उनी यतिबेला काठ्माण्डौबाट पनि ‘अफर’ आउन थालेको सुनाउँछन् । बिपिलाले भने यसबाटै ‘डेब्यू’ गरेकी हुन् । ‘पहिलो म्यूजिक भिडियोबाटै हौसला बढेको छ,’ नृत्यमा अब्बल रहेकी बिपिला भन्छिन्– ‘सबैले राम्रो छ भन्नुभयो । यसै क्षेत्रमा काम गर्न मन छ ।’

ताराप्रकाश सिटौलाको शब्द/संगीतमा रहेको यस गीतको म्यूजिक भिडियो पनि झापाका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको छ । तिलक रिजालको छायाङ्कनमा तयार पारिएको म्यूजिक भिडियो पछिल्लो समय चर्चामा छ । म्यूजिक भिडियोमा भएको अभिनय अनुसार बिपिलाले रमेशलाई छोडेर अर्कै युवकसँग प्रेममा पर्छिन् । भिडियोमा रमेशले बिपिलालाई भुल्न नसकेको कुरा प्रष्ट्याइएको छ ।

प्रतिक्रिया