बुढानीलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न महोत्सव गरिने

इनेप्लिज २०७१ चैत २१ गते २०:१८ मा प्रकाशित

Budanilkanthaबूढानीलकण्ठ विष्णु भगवानको मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उदेश्यले प्रथम ऐतिहासिक बुढानीलकण्ठ महोत्सव गरिने भएको छ । बूढानीलकण्ठ क्षेत्र विकास समितिको आयोजनामा हाम्रो बूढानीलकण्ठ राम्रो बूढानीलकण्ठ जाउँ है बूढानीलकण्ठ’भन्ने नाराका साथ चैत २६ देखि बैशाख १ गतेसम्म महोत्सव गर्न लागिएको हो ।

बूढानीलकण्ठ क्षेत्रलाई धार्मिक पर्यटकीय दृष्टिले विश्वब्यापी परिचित गराउनको लागि महोत्सव गर्न लागिएको शनिवार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको कार्यक्रम तालिका अनुसार चैत २६ गते नारायण गोपाल चोकबाट डमरु र्याली, चैत २७ गते रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम, चैत २८ गते सरसफाई कार्यक्रम, पदयात्रा कार्यक्रमको आयोजना गरिने छ ।

त्यसैगरी, चैत ३० गते मन्दिर परिसर भित्र बुद्धीष्ट र हिन्दु सम्प्रदायबाट विशेष पूजाको साथैभजन किर्तन र विविधि सास्ंकतिक कार्यक्रम गरिने र बैशाख १ गते बूढानीलकण्ठ क्षेत्रमा पर्यावरणको दृष्टिले महत्वपूर्ण शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्ज, यस आसपास रहेका मठ मन्दिरहरु, विष्णुद्धार, बागद्धार,नागी गुम्बा, कपन गुम्बा शिवपूरी, राधाकृष्ण मन्दिर, विपस्याना योग गर्ने आकर्षणको रुपमा रहेको बूढानीलकण्ठ क्षेत्र विकास समितिका अध्यक्ष जयरामथापाले बताउनुभयो ।

बूढानीलकण्ठ क्षेत्र गुरु योजनालाई मुर्त रुप दिने उदेश्यले पनि महोत्ब्सव गर्न लागिएको जनाउदै थापाले भन्नुभयो, “महोत्सवको माध्यमबाट यो क्षेत्रको आर्थिक तथा पर्यटन विकासको लागि महत्वपूर्ण योगदान पुग्नेछ । ”२२ फिट लम्बाई र ११ फिट चौडाई भएको शेष नागमाथी जलसयन अवस्थामा रहनु भएको विष्णु भगवानको बूढानीलकण्ठको मूर्ती विश्वमै दुर्लभ मानिने भएकोले यसलाई विश्व सम्पदा सूचीमा राख्ने आफुहरुले अभियान चलाउन लागिएको थापाले जनाउनुभयो ।

बूढानिलकण्ठ हिन्दू धर्मको मात्र नभएको बौद्ध धर्मालम्बीकोलागि पनि आस्थाको केन्द« भएकोले महोत्सव धार्मिक पर्यटन विकासमा कोशेढुब्गा हुने थापाले बताउनुभयो ।

प्राकृतिक दृष्टिले शिवपूरीबाट सुर्योदय, सुर्यास्तसंगै पूर्व पश्चिमकाहिमश्रृब्खलाहरु देखिने भएकोले बूढानीलकण्ठ क्षेत्र पर्यटकीय रुपलेमहत्वपूर्ण क्षेत्र रहेको महोत्सवका संयोजक नुच्छेनारायण श्रेष्ठलेभन्नुभयो । महोत्सवमार्फत बूढानीलकण्ठको राष्ट्रिय र अन्तराष्ट्रियस्तरमाप्रचार भई पर्यटन प्रबद्र्धन हुने विश्वास आफूहरुले लिएको संयोजक श्रेष्ठलेभन्नुभयो । सो अबसमा बूढानीलकण्ठबाट छोटा तथा लामो दुरीका पदयात्राट्रेल विकास गर्ने आफूहरुको योजना रहेको पनि आयोजकले जनाएका छन् । महोत्सवको सह आयोजकको रुपमा बूढानीलकण्ठ संस्कृति तथा पर्यटन विकास समिति रहेको र बूढानीलकण्ठ नगरपालिका विशेष सहयोग रहने पनि आयोजकले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया