मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ०४:२९
वासिङटन डिसी 17:44

माओवादी आन्दोलनको पुनर्गठन गर्नुपर्छः थापा

इनेप्लिज २०७१ चैत २१ गते १३:१५ मा प्रकाशित

badal-nepal-maoistबनेपा, २१ चैत । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले माओवादी आन्दोलन पुनर्गठनका लागि ठूलो आत्मसमीक्षाको खाँचो रहेको बताउनुभएको छ ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ काभ्रेपलाञ्चोकको आज आयोजित पाँचौँ जिल्ला भेलामा उहाँले अब नयाँ आधारमा फुटबाट सिकेर बृहत् संयुक्त मोर्चासहित नयाँ पार्टी चाहिएको छ भन्नुभयो । महासचिव थापाले माओवादी आन्दोलनले सबै देशभक्त र वामपन्थी शक्तिलाई एकीकृत गर्न जरुरी भएको पनि बताउनुभयो ।

उहाँले मजदुर आन्दोलनलाई पनि अब एकीकृत गर्न जरुरी छ भन्नुभयो । भेलाले नयाँ नेतृत्वसमेत चयन गर्ने छ ।

प्रतिक्रिया