देशलाई धूमपानमुक्त गराउन सहयोग आवश्यक: स्वास्थ्य मन्त्री
पानीट्याङ्की (मोरङ), २१ चैत । स्वास्थ्य मन्त्री खगराज अधिकारीले केही विदेशी कम्पनीको कारण देशलाई धूमपानमुक्त गर्न बाधा परिरहेको बताउनुभएको छ ।
विराटनगरमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले आयोजना गरेको दुईदिने पत्रकारिता प्रशिक्षण कार्यक्रमको समापनमा मन्त्री अधिकारीले देशलाई धूमपानमुक्त बनाउन सरोकारवाला र सञ्चारकर्मीको सहयोग आवश्यक भएकामा जोड दिनुभयो ।
विदेशी कम्पनीले उत्पादन गरेका सूर्तीजन्य पदार्थको नेपालमा करोडौँको व्यापार भइरहेकाले देश धूमपानमुक्त बनाउन उनीहरुले बाधा हालिरहेको पनि उहाँले खुलासा गर्नुभयो ।
मन्त्री अधिकारीले आगामी वर्षदेखि देशलाई धूमपानमुक्त गराउन कडा अनुगमन गरिने बताउँदै धूमपानमुक्त बनाउने अभियानमा आफू प्रतिबद्ध भएर लागेकाले नै अन्तर्राष्ट्रियस्तरमा सम्मान प्राप्त गर्न सफल भएको बताउनुभयो ।
उहाँले ‘‘नेपालमा बर्सेनी लाखौँ नेपालीले धूमपानकै कारण ज्यान गुमाउनु परिरहेकाले देशलाई धूमपानमुक्त बनाउनुको विकल्प नभएको भन्दै आफू त्यसका लागि निरन्तर लागिरहन्छु’’ भन्नुभयो ।
उक्त पत्रकारिता प्रशिक्षणमा पूर्वाञ्चल क्षेत्रका ४० जना सक्रिय पत्रकार सहभागी थिए ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया