छिमेकी देशबाट फाइदा लिनुपर्छःराजदूत उपाध्याय
कपिलवस्तु, २१ चैत । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपालले छिमेकी राष्ट्र भारत र चीनबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै दुवैबाट मुलुकको दीर्घकालीन राजनीतिक तथा आर्थिक विकासका लागि फाइदा लिन सक्नुपर्नेे बताउनुभएको छ ।
गृह जिल्लाको सदरमुकाम तौलिहवामा कपिलवस्तु नागरिक समाजद्वारा आज आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाल भारत दुवै देशको असल सम्बन्ध कायम गर्न सीमावर्ती क्षेत्रका नागरिक र प्रशासकबीचको आपसी सम्बन्ध पनि बलियो हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सभासद् सुरेन्द्रराज आचार्यले नेपालको संविधान निर्माण प्रक्रियामा भारतको पनि भूमिका रहने बताउँदै उपाध्यायलाई सकारात्मक राजनीतिक सहयोगका लागि पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागीले सीमा क्षेत्रमा हुने डुबान समस्या, प्राचीन कपिलवस्तुको धार्मिक तथा पर्यटकीय विकास र जिल्लाको शिक्षा तथा स्वास्थ्यका विषयमा पनि भारत सरकारसँग समन्वय गरी सहयोग राशि भित्र्याउन राजदूतसँग आग्रह गरे ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया