शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं २३:१७
वासिङटन डिसी 12:32

मेरील्याण्ड राज्यका तर्फबाट बोर्ड आफ डाइरेक्टरको पदमा अiफ्नो उम्मेदवारी

इनेप्लिज २०७१ चैत २१ गते ३:०९ मा प्रकाशित

Untitled


म, शुसिल रेग्मी, मेरिल्याडको गेथेसबर्ग क्षेत्रमा  बिगत १० बर्ष देखि बसोबास गर्दै आइरहेको छु । म सानै हुँदाखेरी देखि नै सामाजिक क्रियाकलाप रूची राख्ने गर्दथें र सोही अनुसार बिभिन्न समाजिक क्षेत्रमा संलग्न हुँदै आइरहेको छु । मैले अमेरिका नेपाल सोसाइटी, धरान अमेरिका समाज जस्ता संस्थाहरूमा आबद्ध भइ नेपाली तथा नेपाली समाजको हर तवरले सहयोग गरेको छु । यसो गर्दा आज सम्म मैले जात, धर्म, बिचार एवं पर्टी बिशेषका आधारमा कुनै भेदभाव नगरी नेपाली समुदायको मात्र हित चिताइ सेवा गर्दै आइरहेको, र भविश्यमा समेत म यहि कुरालाइ निरन्तरता दिने प्रण गर्दछु । मेरो यहि समाजिक सेवा प्रति लगावबाट अभिप्रेरित भइ यहि इ.सं. २०१५ अप्रिलमा १६ दखि २० सम्म हुन गइरहेको NRN AMERICA को निर्वाचनमा मेरील्याण्ड राज्यका तर्फबाट बोर्ड आफ डाइरेक्टरको पदमा अफ्नो उम्मेदवारीको दिएको छु । यसै निर्वाचनलाइ मध्यनजर राख्दै मैले आफ्ना भावी कार्यक्रमहरू निम्नानुसार राखेको छु । यि कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि यहाँहरूको अमूल्य मतको आशा राखेको छु ।

मेरा कार्यक्रमहरूः

  • “एक पटकको नेपालीले सदाका लागि नेपाली” पहिचान कायम राख्नका लागि नेपालमा दोहोरो नागरिकता प्राप्तीको लागि पहल गर्ने ।
  • ASYLUM गरेका परिवार तथा बच्चाहरूलाइ नेपाली राहदानी उलब्ध गराउन हदैसम्म कोशिष गर्ने ।
  • नेपाली विद्यार्थीको सोसियल सेक्युरिटीमा रहेको रकम फिर्ता गर्न गहन ढंगले पहल गर्ने ।
  • NRNपरिचयपत्र  तथा पासपोर्ट दस्तुर घटाउन पहल गर्ने ।
  • नेपाली मूलका अमेरीकी नागरिकका माता तथा पिता अमेरिकी ग्रिनकार्ड बढी भन्दा बढी समय सम्म होल्ड गर्ने ब्यवस्था गर्नेः नेपाली मूलका अमेरिकी नागरिकका माता पिता अमेरिका ग्रिनकार्ड बाहक भएको अवस्थामा उनीहरू एक बर्षभन्दा बढी अमेरीकामा नरहेको अवस्थामा सो ग्रिनकार्ड खारेज हुन सक्ने अहिलेको ब्यवस्थालाइ बढाइ बढिमा ३ बर्ष लगातार अमेरीका नरहेको अवस्थामा मात्र सो नियम लागु हुने ब्यवस्थाका लागि अमेरिकी कंग्रेसमा पहल गर्ने छु ।
  • महिनाको १ डलर नेपालीकै लागि भन्ने कार्यक्रम अधि बढाउने जस्को उद्देश्य Elite बर्गको समाप्ती तथा आपत बिपदका अवस्थामा सहयोग गर्न सकियोस ।
  • नेपाली मूलका केटाकेटीहरू लाइ नेपाली भाषा तथा संस्कृतिको जानकारी तथा शिक्षाकालागि ठाँउ ठाँउमा कक्षाहरू सञ्चालन गर्ने ।
  • अमेरिकामा रहेका युवा समुदायलाइ अमेरिकी राजनीतिमा समाहित गर्न प्रोत्साहनका कार्यक्रमहरू ल्याउने । यसका लागि अमेरिकी राजनीतिज्ञहरूबाट प्रशिक्षणको ब्यवस्था मिलाउने ।
  • अमेरिकामा रहेका सम्पूर्ण नेपाली मूलका बासिन्दाहरूको लगत तयार गर्ने ।
  • हाल NRN USA का साधारण सदस्यहरू १२ हजार भएका तथा यो संख्या विश्वमै NRN हरू मध्ये सबै भन्दा बढी सदस्यहरू भएको संस्था भएको छ र अगामी दिनमा ३० हजार भन्दा बढी पुर्याउन म हर  तरहले लागि पर्ने अनुरोघ गर्न चाहन्छु ।

जय नेपाली, जय NRN-USA ।  

प्रतिक्रिया