सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु

इनेप्लिज २०७१ चैत २१ गते २:५२ मा प्रकाशित

accident-signगरुडा (रौतहट), २१ चैत । सशस्त्र प्रहरीको गाडीले ठक्कर दिँदा आज बिहान एकजनाको मृत्यु भएको छ ।

गएराति राति करिब १० बजे सवगढा चोकमा प्रहरीको गाडीले ठक्कर दिँदा गौर नगरपालिका–१० का रामअसिस ठाकुर गम्भीर घाइते भएका थिए । घाइते ठाकुरको जिल्ला अस्पताल गौरमा उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

सवगढा चोकस्थित सडक छेउमा उभिरहेको ठाकुरलाई गाडीले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रतिक्रिया