नेपालतर्फको एकीकृत भन्सार जाँच चौकी अलपत्र
पथरी (मोरङ), २१ चैत । नेपाल तथा भारतबीचको व्यापारलाई सहजीकरण गर्न मोरङको बुधनगर गाविसमा बनाउन लागिएको एकीकृत भन्सार जाँच चौकी अलपत्र अवस्थामा पुगेको छ ।
नेपालतर्फबाट भारतलाई जग्गा उपलब्ध गराउन भइरहेको ढिलाइका कारण जाँच चौकी निर्माण कार्य हुन सकिरहेको छैन ।
भारत सरकारको सहयोगमा भारत र नेपाल दुबैतर्फबाट एउटै मोडेलमा कार्यालय भवन, गोदाम तथा सेडहरु निर्माण गर्नुपर्नेमा जग्गा उपलब्ध गराउन नसक्दा नेपालतर्फ केही काम हुन सकिरहेको छैन । भारततर्फ भने निर्माण कार्य सम्पन्न गरी अबको केही महिनामै जोगबनीस्थित भारतीय कष्टमलाई सार्ने तयारी भइरहेको छ ।
भारत सरकारले एक अर्ब ३१ करोड भारतीय रुपैयाँको लगानीमा मोरङको बुधनगरमा अत्याधुनिक एकीकृत जाँच चौकी बनाउन लागेको
हो । विसं २०६३ असार १६ गते तत्कालीन भौतिक योजना मन्त्रालयले एकीकृत जाँच चौकी निर्माणका लागि भारत सरकारसँग सम्झौता गरेको थियो ।
चौकी बनाउन आवश्यक १२९ बिगाहा जग्गा नेपाल सरकारले अधिग्रहण गरी जग्गाधनीलाई रु २८ करोड ३८ लाख मुआब्जा उपलब्ध गराइसकेको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरका प्रमुख किशोरलाल महाजूले नेपालको तर्फबाट सबै प्रक्रिया पूरा भएको दाबी गर्नुभयो ।
सो स्थानमा भन्सार, क्वारेन्टाइन चेकपोस्ट, बंैक, खाद्य प्रयोगशाला राखिने साथै जोगवनी हुँदै आउने मालवाहक टयाङ्कर सोही जाँच चौकी हुँदै नेपाल भित्रिने योजना बनाइ पनि नेपालका तर्फबाट भारतलाई जग्गा उपलब्ध गराउन ढिलाई गरिँदा योजना नै अन्यौलमा परेको बताइएको छ ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया