बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०१:४४
वासिङटन डिसी 14:59

भारतीय दशगाजा क्षेत्रमा मण्डलको गोलीहानी हत्या

इनेप्लिज २०७१ चैत २० गते १६:४७ मा प्रकाशित

लहान, २० चैत । भारतीय सीमावर्ती क्षेत्रसँग जोडिएको सिरहाको दशगजा क्षेत्रमा एक जनाको हत्या भएको छ ।

सिराहाको लगटीगोठ–३ का रामशङ्कर मण्डलको गोली हानी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

भारतको हरारा जान लागेका चार जनामध्ये मण्डललाई गएराति गोली लागेको थियो । तीनजना साथीहरू केही समयअघि हिँडेकाले मण्डल पछाडि रहेको बेला उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली लागि गम्भीर घाइते भएका मण्डललाई साथीहरूले नजिकै रहेको भारतको अस्पतालमा उपचार गर्न लगेका थिए । उपचारको क्रममा त्यहीँ उनको निधन भएको थियो ।

प्रतिक्रिया