मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:०२
वासिङटन डिसी 16:17

नेपाल सरकारको नयाँ नियम, बैशाख १ गतेबाट काठमाडौँमा प्लाष्टिकको झोला प्रतिबन्ध

इनेप्लिज २०७१ चैत २० गते १६:४३ मा प्रकाशित

plastic-bags

काठमाडौँ । सरकारले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकाभित्र प्लास्टिक झोलालाई पूर्णरुपमा हटाउने भएको छ ।

काठमाडौँ उपत्यकालाई स्वच्छ सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ बमोजिम काठमाडौँ उपत्यकामा प्लास्टिक झोलामुक्त गर्न लागेको हो । प्लास्टिक झोला नियन्त्रणका लागि यही चैत १८ गते राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला प्रयोग तथा उत्पादन गर्न रोक लगाइएको छ ।

प्रतिक्रिया