बोष्टनमा अप्रिल ५ र ६ तारिख जिबिएनसिले धुमधामपुर्ण रमाईलो साँझ गर्ने ।

इनेप्लिज २०७१ चैत २० गते १३:३० मा प्रकाशित

imagesनेपालका हास्य अभिनय क्षेत्रमा अत्यन्त लोकप्रिय कलाकार सिताराम कट्टेल ( धुर्मुस), कुञ्जना घिमिरे ( सुन्तली ), चर्चित लोक दोहोरी गायक पशुपति शर्मा, लोक दोहोरी गायिका सँगिता थापा मगर, नेपाली आधुनिक गितका अत्यधिक चर्चित गायक प्रमोद खरेल सहित स्थानिय कलकारहरुले बोष्टनमा भब्य साँस्कृतिक साँझ गर्ने भएका छन । नेपालीहरुको लागि २०७२ नया बर्ष धमाका भाग १ लियर अमेरिका आएका कलाकार हरु अप्रिल ५ र ६ मा बोष्टन आइ सास्कृतिक कार्यक्रम रन्काऊने छन त्यसको लागि यहाको नेपाली समाजलाई जुरुक्कै ऊठाइ कार्यक्रममा ल्याऊने गरि प्रचार प्रसार भएको र बिभिन्न चरणका मिटिङहरु सम्पन्न गर्दै कार्य बिभाजन सहित जिबिएनसि तयारीमा जुटेको कुरा जिबिएनसि का पुर्व अध्यक्ष तथा कार्यक्रम सँयोजक ध्रुब घिमिरेले जनाएका छन ।

नेपालको मेरिबास्सै टिभिसिरियलका बहुप्रतिभाशाली कलाकार धुर्मुस र सुन्तलीको को बेजोड प्रहसन , मनै छुने मलाई अमेरिका यहि, मलाई बेलायत पनि यहि …जस्ता किसिम किसिमका सन्देशमुलक लोक दोहोरी गित र तिजका नयानया गितले नेपालीलाई लट्ठ पार्दै नचाऊदै आएका कलाकार पशुपति शर्मा र सँगिता थापा मगरको प्रतक्ष्य लोक दोहोरी ,म बिना कसैकसैलाई मुस्किल छ पोखरामा जस्ता मन्त्रमुग्ध आधुनिक गित गाऊने प्रमोद खरेलका साथै बोष्टनका स्थानिय नेपाली कलाकारहरु र बोष्टन लोक सुसेली समुहका कलाकार हरुले बोष्टन अर्लिङटन सेन्टर स्थित “रिजेन्ट थिएटर” यहि अप्रिल ५ तारिख आइतबार र ६ तारिख सोमबार बेलुका साढे पाच देखि ९ बजेसम्म तताऊन सम्म तताऊने भएका छन ।

जिबिएनसि नेपालीहरुको दु:ख सु:खको साथि बन्दै नेपाली कला सँस्कृति जगाऊदै आएको २५ बर्ष भइसकेको छ । यसपाली गत सेप्टेम्बर २९, २०१४ मा राम थापाको नेतृत्वमा नया कार्यसमिति २ बर्षको लागि निर्बाचित भएयता जिबिएनसिले गर्न लागेको यो पहिलो बृहद सार्बजनिक कार्यक्रम हो । जति कार्यक्रम गरेपनि जिबिएनसिले ठोस काम केहि गर्न सकेन, हिसाब किताब कहा जान्छ कहा भन्ने जस्ता बिगतका गुनासाहरु पनि जिबिएनसिलाई यसपटक आऊने वाला देखिदैन । किनभने जिबिएनसिको पहलमा हिमालयन लायन्स क्लव, बोष्टन लोक सुसेली समुह लगायत बोष्टनका सबै नेपाली सँघ सँस्था मिलेर छुट्टै बैधानिक सँस्था पशुपति बुद्द फाऊण्डेशन को स्थापना भै नेपाली कम्युनिटि सेन्टर बनाऊन लागिपरेको अबस्था छ । यस रमाईलो साझ मार्फत निकै मुनाफा हुन गएमा प्याब्फोन लाई सहयोग हुन सक्ने सँभावना पनि त्यतिकै देखिन्छ । अर्कातर्फ बोष्टनमा राम्रो नेपाली एकता कायम हुदै आएको स्थिति पनि यद्धपि छदैछ , अत: बोष्टनको दिग्दारलाग्दो हिऊपात सकिएर रमाइलो स्प्रिङ मौसमसगै आएको यस रमाइलो साँझ सफल पार्न बोष्टनका सामाजिक क्षेत्रका प्राय सबै नेपालीहरु लागिपरेका छन । घर घरमा गै कार्यक्रमको टिकट बितरण गर्ने देखि लिएर भित्रभित्रै प्रचार प्रसारमा जुटदै कार्यक्रमका दिन बढि भन्दा बढि नेपाली जम्मा गर्न जिबिएनसिका पदाधिकारी लगायत सबै नेपालीहरु चारैतिरबाट लागिपरेको अबस्था छ ।

धन्यबाद ।

प्रतिक्रिया