इरानसँगको आणविक वार्ता ऐतिहासिक समझदारीमा पुगेको शक्ति राष्ट्रहरुको भनाई
काठमाडौ, २० चैत । आणविक हतियार विकास गर्न लागेको भनि नाकाबन्दी लगाएका विश्वका शक्ति राष्ट्रहरुले इरानको विवादास्पद आणविक कार्यक्रमको भावी स्वरुपबारे सहमति गरेको दाबी गरेका छन् ।
स्वीट्जरल्यान्डमा ८ दिनसम्म चलेको गहन छलफलपछि इरान र शक्ति राष्ट्रहरुले आणविक कार्यक्रमको भावी रुपरेखामा सहमति जुटाएका हुन् । यद्यपि, यो सहमतिलाई लिखित सम्झौतामा ढाल्न भने बाँकी रहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इरानको आणविक कार्यक्रमबारे ‘ऐतिहासिक समझदारी’ गरिएको बताएका छन् ।
युरोपियन युनियनको अगुवाइमा संयुक्त राष्ट्रसंघका ५ स्थायी सदस्य राष्ट्रह अमेरिका, रुस, बेलायत, चीन र फ्रान्ससहित जर्मनी सम्मिलित वार्ताले इरानलाई उसको आणविक कार्यक्रम अन्तराष्ट्रिय नियमन र सम्झौताअनुसार अघि बढाउन सहमत गराएको हो ।
सम्झौता अनुसार इरानले आफ्नो आणविक कार्यक्रमलाई दुई तिहाइले घटाउनेछ । इरानले युरेनियम प्रशोधन घटाएपछि अमेरिका र युरोपियन युनियनले उसमाथि लगाएको नाकावन्दी र प्रतिबन्ध क्रमिकरुपले घटाउँदै लैजाने छन् ।
बहुराष्ट्रिय वार्तामा जुटेका समझदारीले यही जुन ३० तारिखसम्ममा मस्यौदा बनाएर विस्तृत आणविक सम्झौता गरिने छ । (एजेन्सी)
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया