जेठ १४ मा संविधान आउँछ: एमाले नेता नेपाल
अछाम, २० चैत । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले आउँदो जेठ १४ मा जसरी भए पनि संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।
एमाले अछाम क्षेत्र नं २ कोे तेस्रो क्षेत्रीय अधिवेशन उद्घाटन गर्न अछामको कमल बजार पुग्नुभएका नेता नेपालले संविधान निर्माण प्रक्रियामा सत्तापक्ष हदैसम्म लचिलो भए पनि विपक्षी मोर्चाको ढिपीका कारण संविधान निर्माणको काम पछि परेको बताउनुभयो ।
संविधान निर्माणको विषय सबैको साझा एजेन्डा भएकाले सबै दलले आ–आफ्ना अडानबाट पछि हटेर संविधान निर्माणमा लाग्नुपर्ने उहाँको जोड थियो ।
सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले विपक्षी मोर्चा संविधान निर्माणमा जिम्मेवार नदेखिए प्रक्रियाबाटै भए पनि जेठ १४ मा संविधान जारी हुने जिकिर गर्नुभयो ।
माघ ८ मा संविधान जारी नहुनुमा पनि विपक्षीको हात रहेको उहाँको आरोप छ । अर्को एक प्रसङ्गमा उहाँले अछाम कला संस्कृतिमा धनी भएकाले अछामीको कला संस्कृतिलाई जोगाउन सबै अछामीले लाग्नुपर्ने बताउनुभयो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया