डीपी शाहको मदिरा विरुद्धको डकुड्रामा नदेखिएका आँशुहरुको शुुभमुर्हत

इनेप्लिज २०७१ चैत २० गते ११:२२ मा प्रकाशित

SS3काठमाडौ, २० चैत । मदिरा सेवन विरुद्धको डकुड्रामा नदेखिएका आँशुको शुक्रवार शुभ मुर्हत गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा नरिवल फोडेर सो डकुड्रामाको शुभमुर्हत गरिएको हो । बरिष्ठ पत्रकार विजयरत्न तुलाधरले नरिवल फोडेर गरेको शुभमुर्हतको निर्देशन जगन भुषालले गरेका थिए भने क्यामेरामा बिष्णु फुएल शर्मा रहेका थिए । सो अवसरमा कलाकारहरु विनय जंग बस्नेत र कमला न्यौपानेले अभिनय गरेका थिए ।
कथा एवम परिकल्पनाकार विनय जंग बस्नेतको जीवनमा मदिराले पारेको प्रभाव र उनले तीन महिना रिहाविलिटेसन सेन्टरमा विताएको क्षणलाई बास्तविक रुपमा पर्दामा उतार्ने जमर्को पटकथा, संबाद र निर्देशनको जिम्मेवारी सम्हालेका डीपी शाह चक्रवर्तीले गरेका छन ।
रिचमण्ड फेलोसिप नेपालको प्रस्तुती रहेको सो डकुड्रामाको कार्यकारी निर्माता सस्थाका कार्यक्रम निर्देशक विष्णु फुएल शर्मा रहेका छन् ।
बस्नेत आफैले मुल अल्कोहलिकको अभिनय गर्ने सो डकुड्रामामा बस्नेतसहित कमला न्यौपाने, प्रतिक्षा पोख्रेल, सुनिता सुन्दास, मिनु शुब्बा, राधिका खनाल र बालकालाकारहरु एनी भट्टराई, सलिना बस्नेता, सोनिया अधिकारी र ज्ञानु रेग्मीले अभिनय गर्ने निर्देशक चक्रवर्तीले जानकारी दिए ।
डकुड्रामाका नायक बस्नेतले आफू अल्कोहलिक हुँदा आफ्नो परिवार र आफन्तहरुले पाएको दुखलाई हुवहु पर्दामा उतार्न लागेको जानकारी दिदै आफ्नो जीवनको भोगाई लाखौ नेपाली अल्कोहलिकहरुको लागि त्यस्तो कुलत छाड्ने प्रेरणा हुने विश्वास ब्यक्त गरे ।

प्रतिक्रिया