२०७२ नयाँ बर्ष धमाका लिएर नेपालका प्रसिद्ध कलाकारहरु अमेरिकामा

इनेप्लिज २०७१ चैत २० गते १:१० मा प्रकाशित

FullSizeRender (1)

अमेरिकामा रहेका नेपाली र अन्य नेपाली भाषा समुदाय बिच नेपाली कला साहित्य बिबिध संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उदेश्यले २०७२ नयाँ बर्ष धमाका भाग १ लिएर सीताराम कट्टेल (धुर्मुस ),कुन्जना घिमिरे (सुन्तलि )तथा अन्य कलाकारहरुको साथमा अमेरिका आई पुगेका छन् l

सम्पूर्ण कलाकारहरु साथ डिसी महानगर क्षेत्रको बाल्टिमोर स्थित बिएम आई बिमान स्थलमा आज दिउसो ४ बजे अवतरण गरेका छन् l सम्पूर्ण कलाकारहरुलाई स्वागार्थ बिमान स्थलमा वर्ल्ड बिजनेस म्यनाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा संयोजक बुद्धि प्रसाद रेग्मी पुगेका थिए भने उनीहरुलाई पुष्प गुच्छा द्वारा अमेरिकामा स्वागत गरिएको थियो l

अमेरिका ओर्ले पछि सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)ले हाम्रो अमेरिकाको भ्रमण पहिलो भएकोले हामी निकै उत्साहित भएका छौ l नेपाली समुदायले हामीलाई देखाएको माया ,सद्भाव र कलाकारहरुलाई दिएको सम्मान प्रति हामी हर्षित छौ l बिदेशी माटोमा नेपाली समुदायसंग भेटघाट गर्न पाउनु र व्यस्त जीवनमा चलेको अमेरिकन दैनिकीमा हाम्रो कार्यक्रम हेर्न नेपाली समुदायले समय व्यवस्था गर्नु भनेको हाम्रो लागि अहोभाग्य हो भनि सीताराम कट्टेल तथा कुन्जना घिमिरेले विमानस्थलमा प्रफुल्ल मुद्रामा भने l

FullSizeRender (2)

कट्टेलले अगाडी भने हामी जुन उद्धेश्यले हामी आएका छौ हामी कुनै कसर छोड्ने छैनौ l मनोरंजन प्रदान गर्नु हाम्रो परम दायित्व हो भन्दै सबै नेपाली समुदाय कार्यक्रम हेर्न आउनु हुनेछ भन्ने विश्वास लागेको छ l

२०७२ नयाँ बर्ष धमाका भाग १ कार्यक्रममा दोहोरी गायक पशुपति शर्मा र गायिका संगीता थापा मगरले दोहोरी गायन प्रस्तुत गर्ने छन् भने सीताराम कट्टेल (धुर्मुस )तथा कुन्जना घिमिरे (सुन्तली)को जोडीले आफ्नो बिबिध प्रतिभा देखाउने भएका छन् l

कुन्जना घिमिरेले बिभिन्न प्रकारका गीतमा नृत्य समेत प्रस्तुत गर्ने छिन् भने कार्यक्रमको लागि संगै अमेरिका आएका चर्चित गायक प्रमोद खरेलले आधुनिक तथा गजल गायन प्रस्तुति पनि गर्ने भएका छन् l

उक्त कार्यक्रम सर्ब प्रथम भर्जिनियामा अप्रिल ४ तारिखमा नोवा कलेजमा सामुदायिक समूहको आयोजनामा हुने भएको छ l कार्यक्रम बोस्टन , हुस्टन ,डलास ,अस्टिन ,न्यु योर्क ,सिकागो ,नेब्रास्का ,बाल्टिमोर ,नर्थ क्यारोलिना ,कोलोराडो , सन् फ्रान्सिस्को , सेन्ट लुईस ,पोर्टल्याण्ड ,सियाटल , लास एन्जेलस लगायत करिब दुई दर्जन भन्दा ज्यादा कार्यक्रमहरु बिभिन्न शहरहरुमा प्रस्तुत गरिने निश्चित भएको छ l

कलाकारहरु करिब सवा दुई महिना सम्म अमेरिकामा रहने भएका छन् l कार्यक्रम गर्नको अर्को उद्धेश्य भुटान ,भारत तथा बर्माबाट अमेरिका आई पुगेका तथा अमेरिकामा जन्मे हुर्केका नया नेपाली भावी पुस्तालाई मौलिक नेपाली सभ्यता र संस्कृतिको जानकारी गराउने पनि हो भनि बुद्धि प्रसाद रेग्मीले बताए l

कार्यक्रमबाट संचित रकम नेपाल फर्के पछि नेपालस्थित अनाथालयहरुको सहयोग गरिने जानकारी वर्ल्ड बिजनेस म्यानाजमेन्ट एंड कन्सल्टेन्ट प्रा लि का व्यवस्थापक तथा कार्यक्रमका संयोजक बुद्धि प्रसाद रेग्मीले बताए l

FullSizeRender

प्रतिक्रिया