आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०४:२१
वासिङटन डिसी 17:36

डा गोविन्द केसीको अनसन फिर्ता, प्रधानमन्त्रीको सट्टा जुत्ता सिलाउनेको हातबाट अनसन त्यागे

इनेप्लिज २०७१ चैत १९ गते १३:३९ मा प्रकाशित

Govinda-KC

– विष्णु नेपाल

काठमाडौँ। चिकित्सा शिक्षा र सेवाको सुधारका लागि पाँचैँपटक अनशनमा बस्नुभएका त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागका प्रा डा गोविन्द केसीले १२ औँ दिनमा आज अनसन अन्त्य गर्नुभएको छ ।

उहाँले भन्नुभयो “सरकार र राजनीतिक दलले चौथो पटकसम्म अनशन बस्दा भएका सम्झौता कार्यान्वयन गरेनन्, पाँचौँपटक अनशनमा बसेँ, अब त छैटौँपटक बस्नु नपर्ला ।” विभिन्न ११ बुँदे माग राखी डा केसीले पछिल्लोपटक चैत ८ गते गतेदेखि अनशन सुरु गर्नुभएको थियो । प्रा डा केसीलाई हाडजोर्नी विभागअन्तर्गतकै आफ्नै बिरामी बालक सुवास अधिकारी र सिलाइकर्मी सत्यनारायण रामले भूइँकटरको जुस खुवाई अनशन अन्त्य गराएका थिए ।

प्रतिक्रिया