के होला पारस र हिमानीको सम्बन्ध ?

इनेप्लिज २०७१ चैत १९ गते ९:३० मा प्रकाशित

Paras-n-Himani

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं, १९ चैत । वर्षाैपछि पूर्व युवराज पारस शाहलाई आफ्नी पत्नी हिमानी शाह र परिवारसँग भेट्ने अवसर जुरेको छ ।

बर्षौपछि पारस बिहीबार आफ्नो घर फर्किदैछन् । राजतन्त्रको समाप्तिसँगै कहिले सिंगापुर त कहिले थाइल्याण्डमा बस्दै आइरहेका पारस वर्षाैपछि परिवारको आग्रहमा घर आउन लागेका हुन् ।

उनी पछिल्लो समय प्रेमिकाका साथ थाइल्याण्डमा बस्दै आएका थिए । पारस घर नफर्कनुको सट्टा अनेक लफडामा परेपछि पूर्वयुवराज्ञी उनलाई भेट्न केही समय अघि थाइल्याण्ड नै पुगेका थिइन् । यतिका समय अलग बसेकी हिमानी अब पारस आफै घर फर्किएपछि पतिसँग बस्न पाउने भएर खुसी त पक्कै होलिन । तर, ज्योतिषीको भविष्यवाणीले हिमानीलाई आफ्ना पति पारससँग बस्न नहुने सुझाव दिएका छन् ।

एक साताअघि निर्मल निवासमा आएकी २३ वर्षीया एक कुमारी माताले हिमानीसँग फेरि यही कुरा दोहोर्याइन्,‘ सरकार (पारस) सँग साथमा नभएकै राम्रो ।

अर्थात्, ज्योतिषीय सिद्दान्त अनुसार उनीहरुबीच ग्रह नमिल्नेमात्र होइन, सँगै बस्दा ठूलै अनिष्टको खतराका कारण पारस–हिमानी अलग्गिनु सुखद हुने माता सविता सरु आचार्यले सुझाव दिएकी हुन् ।

यो भविष्यवाणीले वर्षाैपछि बन्न लागेको पारस र हिमानीको सम्बन्धमा फेरि दरार त पैदा हुने होइन् भन्ने शंका उब्जिएको छ । यसअघि पारस र हिमानीको सम्बन्ध डिभोर्स गर्ने तहसम्म पुगेको थियो । तर, पारस ससुरा ज्ञानेन्द्रको साथ पाएकै कारण हिमानीले आफूलाई सम्हाल्दै आएकी थिइन् ।

कुमारी माताले यसअघि पूर्वराजा ज्ञानेन्द्रको पनि ग्रहदशा हेरेकी थिइन् । ज्ञानेन्द्रलाई छोराबाट फलिफाप नहुने कुरा उनैले सुनाएकी थिइन्, सबैभन्दा पहिले । र, अहिले हिमानीको ग्रहदशा हेर्दा पनि ससुरा (ज्ञानेन्द्र) को झैं योगफल देखिएको छ ।

पति पारसका कारण दिक्दार भएपछि हिमानी आफैंले स्वकीय सचिव स्मृति शाहलाई फोन गर्न लगाई कुमारी मातालाई सम्पर्क गरेकी थिइन् । यदि ती कुमारी माताले भनेको कुरालाई मान्ने हो भने पूर्वराजपरिवारमा पारस र हिमानीकै कारण पारिवारिक कलह विवाद सुरु हुनेछ ।

यस्तो अबस्थामा पारससँग हिमानीले के गर्लिन ? कसरी सम्बन्ध राख्लिन ? पारस-हिमानीको सम्बन्ध के होला ? भन्ने प्रश्नहरु उब्जिएका छन् ।

‘पूर्वराजपरिवार धर्मकर्म र ज्योतिषीमा निकै विश्वास गर्छन् । तर, ज्योतिषीले भनेको सबै पूरा हुन्छन् भन्ने पनि छैन् ।,’ पूर्व राजपरिवारका एक निकटस्थले भने, ‘कठिन परिस्थितिका बाबजुद पनि हिमानीले आफूलाई सम्हाल्दै आएकी छिन् । पारसलाई अब विदेश नजाने अवस्था सिर्जना गर्न उनको भूमिका रहनेछ ।’

पूर्वराजा ज्ञानेन्द्र र कोमल अहिले सरकारले उपलब्ध गराइदिएको नागार्जुन दरबारमा बस्दै आएका छन् । पारस र हिमानी भने निर्मल निवासस्थित निजी निवासमै बस्ने बताइएको छ ।

स्रोत:दैनीक नेपाल

प्रतिक्रिया