इलाम, १९ चैत । अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुलाई आवश्यक सहायक सामग्री वितरण गर्ने उद्देश्यले यहाँ अपाङ्गता जाँचबुझ तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको लेखाजोखा गर्न करुणा फाउन्डेसनले जिविस, जिल्ला स्वास्थ्य र महिला बालबालिका कार्यालयको सहयोगमा कार्यक्रम सञ्चालन गरेको हो ।
जिल्लाका मावु, माइमझुवा, जमुना, प्याङ, सोयाङ, नामसालिङ, जिर्मले, इरौंटार, समालबुङ, इभाङ, गजुरमुखी र लुम्दे गाविसमा अपाङ्गता भएका व्यक्तिको पहिचान सुरु गरिएको छ ।
अपाङ्गता भएका व्यक्तिको पहिचानपश्चात उनीहरुलाई आवश्यक पर्ने सहायक सामग्री वैशाखी, आँखा, ह्विलचेयर, कानमा लगाउने यन्त्रलगायतका उपकरण वितरण गरिने करुणा फाउन्डेसनका व्यवस्थापक अजित योञ्जनले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउने र अपाङ्गता हुनबाटै जोगाउने लक्ष्यका साथ उनीहरुको विवरण लिन रेमो प्रविधि अपनाएको थियो ।
प्रतिक्रिया