सिसहनियाँ गाविसमा यस आवका विकासे योजना सम्पन्न

इनेप्लिज २०७१ चैत १९ गते २:५४ मा प्रकाशित

सिसहनियाँ (दाङ), १९ चैत । देउखुरीको सिसहनियाँ गाविसमा आव ०७१/०७२ का लागि विनियोजित योजनामध्ये विकासे योजना सम्पन्न भएका छन् ।

कुल रु आठ लाख ७४ हजार ३०० मध्येबाट वडा नम्बर १ को बड्का सिसहनियाँमा कुुलोमा लाइनिङ निर्माण, वडा नम्बर २ को छोट्की सिसहनियाँमा पनफकुवा बाँध निर्माण, वडा नम्बर ३ को भानपुरमा बाटो ग्राभेल तथा निर्माण, वडा नम्बर ६ को कोहलुुवामा खानेपानी इन्टेक निर्माण, वडा नम्बर ७ को सिङ्गेमा खानेपानी पाइप लाइन मर्मत गरिएको छ ।
त्यसैगरी सोही वडाको थकरीकोटमा खानेपानी ट्याङ्की मर्मत, वडा नम्बर ८ को सगरापुरमा बक्स कल्र्भट निर्माण, वडा नम्बर ९ को भगवानपुरमा पक्की कल्र्भट निर्माण र सोही वडाको सोही गाउँमै मदरसा भवन मर्मत कार्य सम्पन्न भइसकेको गाविस सचिव मङ्गलप्रसाद चौधरीले जानकारी दिनुुभयो ।

प्रतिक्रिया