आइतबार, मंसिर १४ २०७७
काठमाडौं १६:२०
वासिङटन डिसी 05:35

 एनआरएन एनसीसी अमेरिकाका कोषाधक्ष्य पदका उम्मेदवार : प्रसन्न संग्रौला

इनेप्लिज २०७१ चैत १९ गते २:२७ मा प्रकाशित

prashanna

आदरणीय अमेरिकावासी नेपाली समुदायका मान्यजनहरुमा,

हार्दिक नमस्कार !

नेपाली समुदायको माझमा रहेर सामाजिक सेवा गर्ने मेरो मनासायलाई सबै आदरणीय अमेरिकावासी नेपालीहरुले साथ दिनु भएकोमा म “प्रसन्न संग्रौला” हार्दिक नमन अर्पण गर्दछु ।

बिज्ञ समुह, प्यारा साथीहरु, र तपाईं आदरणीय महानुभावहरुको सुझाब र सल्लाहलाई मनन गर्दै यो कार्यकालको लागी कोषाध्क्षय पदमा मैले उमेद्दवारी मनोनयन गरेको छु । मेरो मनोनयन तपाईंहरु कै माया, बिस्वास र बिवेकको जगमा अडिएको छ ।

यस पदको लागी मेरो जिम्मेवारी र उद्देश्य आर्थिक पार्दशिता माथि बिशेष ध्यानाकर्षण हो, तपाईं हामिले जम्मा गरेको या कतै बाट प्राप्त गरेको रकमको सामाजिक हितमा अधिक्तम सदुपयोगको लागी प्रयत्न गर्नु हो । यो संस्थालाई आर्थिक रुपले सबल र सक्षम बनाउनु हो ।

मेरो लगाव र ध्यान यो संस्थाको आर्थिक कोषको रकम फजुल खर्च हुनबाट पुर्ण तवरले रोक्नमा हुनेछ, जस्तो कि संस्थाको पैसाले भोज-भतेर गर्न वा आफ्नो निजीकाममा प्रयोग गर्न बन्देज लगाइनु पर्छ । बिगतमा भएका आर्थिक कमिकम्जोरी उपर छानबिन गराइ संस्थाको बिधान र अमेरिकि कानुन अनुरुप काम कारवाही अगाडी बढाइनु पर्छ भन्ने मेरो मान्यता छ।

संस्थाको सार्वजनिक लेखापरिक्षण प्रतिस्प्रधात्मक रुपले छनिएका लेखापरिक्षकबाट गराइनु पर्छ ।कम्तिमा हरेक तीन महिनामा आन्तरिक लेखापरिक्षणलाई अपडेट गरी सबै सदस्य माझमा वेवसाइट र ईमेल मार्फत जानकारी गराईनु पर्छ ।

आज तपाईं हामीले गम्भिर भएर सोच्ने बेला आएको छ । सार्वजानिक संस्थालाई आफ्नो निजी कम्पनीको रुपमा प्रयोग गर्न खोज्ने तत्वलाई तपाईं हामी मिलेर बिदा दिनु पर्ने बेला आएको छ !
” The people should know their true power”

तपाईले प्रदान गर्नुहुने अमुल्य मतको कदर गर्नमा म “प्रसन्न सँग्रौला” सधै जागरुक र तत्पर रहनेछु । मलाई कोषाध्क्षय पदमा आफ्नो मत दिएर विजयी गराइ यस संस्थामा सेवा गर्ने अवसर प्रदान गरी दिन हुन हार्दिक अनुरोध गर्दछु ।

From bottom of my heart, i am appealing honestly ” I WILL NEVER LET YOU DOWN !”
God bless our community ! God bless Nepal and USA !!

प्रसन्न संग्रौला ,
एनआरएन एनसीसी अमेरिकाका कोषाधक्ष्य पदका उम्मेदवार

प्रतिक्रिया