नेपाली चेली मिस इन्टरनेश्नलको ताज पहिरन सफल

इनेप्लिज २०७१ चैत १८ गते २०:३८ मा प्रकाशित

Sradha Gurung-3

सुश्री, श्रद्धा गुरुङले ‘मिस ईन्टरनेसनल अफ एजुम्सन युनिभर्सिटि २०१५’ उपाधि जितेकी छिन् । थाइल्यान्डको राजधानी बैंककमा रहेको अजुम्सन यूनिभर्सिटीमा मार्च ३० मा सम्पन्न कार्यक्रममा श्रद्धाले उपाधि हात पारेकी हुन् । उनी बैंककस्थित असुम्पसन यूनिभर्सिटी अन्तर्राष्ट्रिय बाणिज्य व्यवस्थापन अध्ययन गर्दै छिन् ।

काठमाडौं सुकेधारा निवासी श्रद्धाले बुढानिलकण्ठबाट ए लेभल सिध्याएर उच्च अध्ययनका लागि बैंकक आएकी हुन् । उपाधि जितेकोमा खुशी ब्यक्त गर्दै उनले भनिन् ‘ I was able to lead my Team Nepal to victory by winning the first ever ” Miss International of Assumption University, 2015 “. So proud & honoured to have had an opportunity like this to portray Nepalese culture & tradition. Thank you very much everyone from and outside my community for voting and showing me immense support .

Jai Nepal ” उनको नाममा मिस नेपाल जोडेर स्टेजमा बोलाईएको थियो । हजारौ दर्शक माझ उनले खुशी ब्यक्त गर्दै ‘जय नेपाल’ भनेर आफ्ना भनाई टुङग्याईन् ।

यस अघि श्रद्धाले सन् २००५ मा काठमाडौमा सम्पन्न मिस टीन गुरुङ पिजेन्डमा सेकन्ड रनर अप हुनका साथै मिस फोटोजेनिक फेसको उपाधी समेत हात पारेकी थिईन् ।

Sradha Gurung-2

प्रतिक्रिया