मोर्चासँगको निर्णायक वार्ता हुने: उपप्रधान मन्त्री सिंह
इनेप्लिज
२०७१ चैत १८ गते १४:५० मा प्रकाशित
बनेपा, १८ चैत । उपप्रधान तथा स्थानीय विकास एवम् सङ्घीय मामला मन्त्री प्रकाशमान सिंहले ३० दलीय मोर्चासँगको अबको वार्ता निर्णायक हुने बताउनुभएको छ ।
आज काभ्रेपलाञ्चोकको पनौतीमा निर्माण हुन लागेको क्षेत्रीयस्तरको रङ्गशालाको भवन शिलान्यास गर्दै उहाँले निर्णायक वार्ता सफल नभए संविधानसभाको प्रक्रिया अघि बढ्ने र नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो ।
मन्त्री सिंहले मोर्चासँग अधिकतम सहमतिको प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।
यसअघि पनौतिमा नै सप्तलाल श्रीराम स्मृति प्रतिष्ठानको चौथो अधिवेशन तथा स्मृति ग्रन्थ विमोचनमा मन्त्री सिंहले विधि र प्रक्रिया पु¥याएर नै नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया