शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०४:५७
वासिङटन डिसी 18:12

वार्ता र प्रक्रिया सँगसँगै अघि बढ्छ: नेता देउवा

इनेप्लिज २०७१ चैत १८ गते १४:३० मा प्रकाशित

deuba4धनगढी, १८ चैत । नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले अब विपक्षी दलहरुसँगको वार्ता र संविधान निर्माण प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता देउवाले संविधान निर्माणका लागि विपक्षी दलहरुसँग वार्तामार्फत सहमतिको प्रयास जारी राख्ने बताउँदै सहमति हुन नसकेमा प्रक्रियाबाटै संविधान जारी गरी छाड्ने दृढता व्यक्त गर्नुभयो ।

विपक्षीको आन्दोलन र धम्कीले संविधान निर्माणको प्रक्रिया अब कुनै पनि हालतमा नरोकिने उल्लेख गर्दै नेता देउवाले एमाओवादी संविधानसभा बिथोल्ने किसिमका क्रियाकलापमा लागेको आरोप लगाउनुभयो ।

सङ्घीय राज्य निर्माणका विषयमा नेता देउवाले अघिल्लो संविधानसभामा प्रमुख दलका शीर्ष नेताबीच कैलाली कञ्चनपुरलाई नटुक्र्याउने विषयमा लिखित हस्ताक्षर भइसकेको स्मरण गराउँदै यस क्षेत्रका पिछडिएको समुदायलाई विशेष आरक्षण दिएर भए पनि सुदूरपश्चिमलाई एक प्रदेश बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया