शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ००:५६
वासिङटन डिसी 14:11

खेलाडी सम्मानित

इनेप्लिज २०७१ चैत १८ गते १४:१६ मा प्रकाशित

काठमाडौँ, १८ चैत । माछापोखरीस्थित सिटी ह्रिट एकेडेमी स्कुलले प्रथम विश्व मार्सल आर्ट च्याम्पियनसिपअन्तर्गत उमा कुङफुतर्फ स्वर्णपदक जित्न सफल खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ ।

थाइल्यान्डको बैंककमा गत फागुन २८ देखि चैत ८ गतेसम्म भएको उक्त च्याम्पियनसिपमा मणिराज मिक्छान, प्रज्ञा केसी र रमन राईले आआफ्नो प्रतिस्पर्धामा स्वर्ण जितेका थिए । त्रिवि प्राज्ञिक परिषद्का सदस्य धनलाल महर्जनले उनीहरुलार्ई जनही रु दुई हजार र प्रशंसापत्र प्रदान गर्नुभयो ।

प्रतियोगितामा तीनै खेलाडीले थप एक एक कास्यपदक पनि हात पारेका थिए । उक्त प्रतियोगितामा नेपालले उमा कुङफुतर्फ चार स्वर्ण, तीन रजत र नौ कास्यपदक जितेको थियो । सो अवसरमा च्याम्पियनसिपका टोली प्रशिक्षक अनिमेशलाल श्रेष्ठलाई पनि प्रशंसापत्र गरिएको थियो ।

प्रतिक्रिया