स्थानीय निकायको निर्वाचन गर: प्रमुख निर्वाचन आयुक्त
बागलुङ, १८ चैत । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित ‘निर्वाचन र सञ्चार’ विषयको अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त उप्रेतीले लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन भएको बताउनुभयो ।
“स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्छ, गाउँ तहबाटै निर्वाचन गराउँदा लोकतन्त्र फस्टाउँछ, दिगो हुन्छ,” आयुक्त उप्रेतीले भन्नुभयो ।
उहाँले लोकतान्त्रिक विधि र प्रक्रियामार्फत् नागरिकलाई अधिकारसम्पन्न बनाउन स्थानीय निकायको निर्वाचन आवश्यक रहेको औँल्याउनुभयो । आयुक्त उप्रेतीले आवधिक निर्वाचन नियमित हुनुपर्नेमा पनि जोड दिनुभयो । वषौंदेखि स्थानीय निकाय निर्वाचन हुन नसकेकाप्रति असन्तुष्टि व्यत्तल गर्दै उहाँले दुई÷दुई पटक संविधानसभाको निर्वाचन आवश्यक नरहेको टिप्पणी गर्नुभयो ।
“संविधानसभाको दुई पटकसम्म निर्वाचन भयो, अझै उपनिर्वाचन हुँदैछ, यो बाध्यता हो,” आयुक्त उप्रेतीले भन्नुभयो, “स्थानीय निकायको निर्वाचन हुन सकेको छैन, हामी लोकतान्त्रिक प्रक्रियामा जान धर्मराएका छौं ।”
शङ्कामा लोकतन्त्र बाँच्दैन भन्दै आयुक्त उप्रेतीले विश्वासमा मात्र लोकतन्त्र जन्मने, हुर्कने र बाँच्ने उल्लेख गर्नुभयो । बागलुङ क्षेत्र नं १ मा हुन लागेको उपनिर्वाचनलाई लक्ष्यित गर्दै आयुक्त उप्रेतीले लोकतन्त्रको सीमा कसैले मिच्न नहुने बताउनुभयो ।
“लोकतन्त्रको संस्कार र संस्कृति गाउँबाटै विकास गर्नुपर्छ, हामीकहाँ भाषणमा लोकतन्त्र छ, प्रक्रियामा छैन,” आयुक्त उप्रेतीले भन्नुभयो ।
आयुक्त उप्रेतीले उपनिर्वाचन उदाहरणीय बन्ने दाबी पनि गर्नुभयो ।
उपनिर्वाचनलाई लक्ष्य गरी सुरक्षा व्यवस्था पनि चुस्त पारिएको आयोगले जनाएको छ । सुरक्षा प्रबन्ध र व्यवस्थापनका लागि निर्वाचन आयोगका आयुक्त दोलखबहादुर गुरुङले समन्वय गरिरहनुभएको जनाइएको छ । गाउँगाउँमा विद्युतीय मतदान उपकरण लिएर मतदाता शिक्षा दिन निर्वाचन शिक्षा कार्यकर्ता र स्वयम्सेवक खटिएका छन् ।
निर्वाचन आचारसंहिता अनुगमनलाई पनि आयोगले तीव्रता दिएको छ । बागलुङ क्षेत्र नं. १ का सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया