लागुऔषधसहित दुई पक्राउ

इनेप्लिज २०७१ चैत १८ गते ४:४० मा प्रकाशित

pakrau-विराटनगर, १८ चैत । प्रहरीले लागुऔषधसहित मङ्गलबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।

धरान–१५ का मनोज पोखरेल र रुपेश परियारलाई लागुऔषध डाइजेपाम, एभिल र नोरजेसिकको १०–१० थान पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

जोगवनीमा बस चढी विराटनगरतर्फ जाँदै गरेको अवस्थामा विराटनगर–१७ मा प्रहरीको गस्ती टोलीले जाँच गर्दा उनीहरूको साथबाट सो परिमाणका लागुऔषध बरामद भएको जनाएको छ ।

प्रतिक्रिया