आगामी महाधिवेशनमा सभापतिमा उठ्छु: नेत्री कोइराला
विराटनगर, १८ चैत । नेपाली काँगे्रसकी नेत्री सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफू सभापतिको पदमा उठ्ने सम्भावना रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङले आज बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आफू सो पदमा महिलाको सशक्तीकरणका लागि उठ्ने स्पष्ट पार्नुभयो ।
उहाँले मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा पार्टीभित्र नयाँ नेतृत्वको विकासका लागि थुप्रै समावेशी पद सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सहमति, सहकार्य र एकताका लागि गिरिजाबावुले दिनुभएको सन्देशलाई नेपाली काँग्रेस पालना गरेर अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले अहिले पनि सहमतिका लागि प्रर्याप्त समय रहेकाले एमाओवादीलगायतका दललाई लचिलो हुन आग्रह गर्नुभयो ।
मुलुकमा उत्तर–दक्षिण मिलाएर राज्यको निर्माण र पाँचभन्दा बढी राज्य बनाउनु नहुने विषयमा जोड दिँदै उहाँले असहमतिका विषयलाई थाती राखेर सहमतिका विषयमा अगाडि बढेर कार्य गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
उहाँले गणतन्त्र, धर्मनिरपेक्षलगायतका विषयमा निर्णय भइसकेकाले यस विषयमा फेरबदल हुन नसक्ने स्पष्ट पार्दै फेरबदल गरेमा मुलुकमा अस्थिरता आउने उल्लेख गर्नुभयो ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया