सप्तरी, १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका १० मा गएराति एउटा हात्ती पसेर घर तोडफोड गरेको छ ।
हात्तीले स्थानीय उपेन्द्र यादवको दुईवटा घरमा तोडफोड गर्नुको साथै घरभित्र रहेको अन्नपातलगायत समानमा क्षति पुर्याएको पीडितले बताएका छन् ।
हात्तीलाई स्थानीयवासीले लखेटेका थिए । केही दिनयाता सो क्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दै गएको बताइएको छ ।
प्रतिक्रिया