महत्व नबुझ्दा रेडपान्डाको शिकार

इनेप्लिज २०७१ चैत १८ गते २:५५ मा प्रकाशित

Red-panda_20150202104522जाजरकोट, १८ चैत । जाजरकोट उत्तरीपूर्वी बारेकोट क्षेत्रमा दुर्लभ जनावर रेडपान्डा फेला परेको छ ।

रामीडाँडा, नायकबाडा, रोकायगाउँ, सक्ला पैक, लहलगायत गाविसको लेकमा पाइने रेडपान्डाको संरक्षणमा हालसम्म कुनै पनि निकायले चासो नदेखाएको स्थानीयवासीको गुनासो छ ।

रेडपान्डाको संरक्षण हुन नसक्दा दिन प्रतिदिन चोरी शिकार बढेको छ । रेडपान्डाको संरक्षणका लागि वन कार्यालय र अन्य सरकारी निकायमा पटकपटक अनुरोध गरे पनि ती निकायले वास्ता नगरेको स्थानीयको भनाइ छ ।

रेडपान्डाको महत्व नै बुझ्न नसकी चोरी शिकार गर्ने गरेको पाइएको छ । यो वर्ष मात्रै दर्जनभन्दा बढी रेडपान्डाको चोरी शिकार भएको तथ्य खुलेको छ ।

वन कार्यालय तथा अन्य निकायले संरक्षण त परै जाओस् हालसम्म रेडपान्डा कुन ठाउँमा पाइन्छ र कति सङ्ख्या छ भनेर खोजीसमेत गर्न सकेका छैनन् ।

समुद्री सतहदेखि ३ हजार ५०० देखि ४ हजार उचाइमा पाइने रेडपान्डाको मुख्य आहारा निगालो घाँस हो । रेडपान्डा मान्छे देख्दा पनि नभाग्ने सोझो जनावर भएकाले स्थानीयले पनि जथाभावी मार्ने गरेका छन् ।

प्रतिक्रिया