एनआरएन अमेरिकाको वरिष्ठ उपाधक्ष्यको पदको उम्मेदवार : कृष्ण पोखरेल

इनेप्लिज २०७१ चैत १८ गते १:०५ मा प्रकाशित

kp

आदरणीय अमेरिकाबासि गैर–आबासीय नेपाली आमा–बुवा, दाजु–भाई तथा दिदि बहिनीहरु मा अनुरोध.

गत बर्ष भएको NRN NCC of USA को चुनाबबाट मलाई महासचिब जस्तो गरिमामय पदमा बिजयी गराउनु भएकोमा म यहाँ हरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु, वर्तमान कार्य समितिका साथीहरु NRN NCC of USA का सदस्य, सल्लाहकार एवं सम्पूर्ण हजुरहरुको अथक प्रयासबाट नै छोटो समयमा NRN NCC of USA ले ठूलो संस्थागत फड्को मार्न सफल भएको हो, साच्चिकै भन्नु पर्दा हाम्रा कार्यक्रम तथा क्रियाकलापहरुलाई पहरेदारको भुमिका निर्बाह गरी सूचना प्रबाह गरिदिने पत्रकार तथा संचारकर्मी साथीहरु र हामीले थालेका हरेक कार्यक्रमलाई सहयोग गर्ने तपाई गैह्र आबसिय नेपालीहरुको यति ठुलो सहयोग नभएको भए ल्च्ल्, ग्क्ब् आजको यो अवस्थामा कदाचित आउन सक्ने थिएन । यसका लागि म यहाँहरु सम्पूर्णलाई हृदय देखि नै मुरी–मुरी धन्यवाद दिन चाहन्छु । यहाँहरुको माया र सद्भावले मलाई यहाँहरुको प्रतिनिधिका रुपमा पठाउनु भए पछि मैले छोटो समय भए पनि संस्थागत संरचनामा बसेर सामाजिक सेवा गर्ने र सिक्ने अवसर पाए । संस्था सुदृढिकरण र सदस्यता बृद्धिका लागि अमेरिकाका धेरै राज्यहरुमा घुमि संस्थालाई गरिमामय बनाउनका लागि उल्लेखिय भूमिका निर्भाह गरे ।

आम नेपालीका हस्तलिखित पासपोर्ट नबिकरण गराई पासपोर्ट बनाउनका लागि NRN NCC of USA को तर्फबाट नेपाल सरकारसंग मिलेर प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर पाएँ । नेपालमा भएको भयावह बाढीपिडित समस्यामा राहतका लागि सहभागी हुने, आपत विपतमा रहेका सम्पूर्ण नेपालीहरु दाजुभाई तथा दिदीबहिनीहरुलाई आवश्यक सहयोग गर्ने जस्ता यी सबै मरो जीवनका महत्वपूर्ण अनुभवहरु हुन् । यिनै अनुभवलाई संगालेर मैले आगामी दिनमा केहि गर्न सक्छु भन्ने दृढ विश्वास लिएको छु । यो कार्यकल अत्यन्त छोटो भएकोले कुनै कार्य शुरुवात मात्र भएको छ भने कुनै कार्यको लागि पहल हुदैछ । अतः मलाई बिगत र बर्तमानको अनुभव उपयोग गराउंदै यो संस्थालाई एउटा परिपक्क र प्रतिष्ठित संस्था बनाउने अवसर फेरी पनि दिनुहुने छ भन्ने विश्वास छ । बामे सर्दै गरेको ल्च्ल्, ग्क्ब् ले आज एक वर्ष नपुग्दै आफ्नो गति यहाँहरुलाई छर्लगं देखाएको छ । यो गतिलाई अझ अगाडि बढाउनका लागि म तपसिल बमोजिमका प्रतिबद्दता व्यक्त गर्दै ल्च्ल्, ग्क्ब् को आगामी निर्बाचनमा वरिष्ठ उपाध्यक्ष पदमा मेरो उमेद्वारिको घोषणा गर्न गैरहेको कुरा जानकारी गर्न चाहन्छु ।

१) पूर्ण आर्थिक अधिकार भएको नेपाली नागरिकता निरन्तरताको लागि जोडदार पहल गर्ने । नेपाल सरकार र अमेरिकी सरकार समक्ष बुझाउन पर्ने दोहोरो कर हटाउने सम्बन्धमा नेपाल सरकार संग तुरुन्त लागु हुने गरि अमेरिकी लगानीलाई नेपाल भित्र्याउने सहज बातावरण सिर्जना गर्न विशेष पहल गर्नेछु ।
२) अमेरिकामा आउने नव आगन्तुक NRN, USA लाईअफिस मार्फत आधारभूत तालिमका साथै सूचना र सहयोग उपलब्ध गराउने ।
३) NRN, USA कार्डको व्यस्था गरी विभिन्न ब्यबसायीहरुसंग ल्च्ल् का लागि सहुलियत सम्झौता गर्ने । सरकारी निकायमा समेत प्रवेश सहजिकरण पहल गर्ने र ल्च्ल् ले पाउने सुबिधा ध्भदकष्तभ मार्फत सार्वजनिक गराउने ।
४) आकस्मिक सेवा कोषको स्थापना गरि त्यसको उचित परिचालन एबं अनुगमन गर्ने ।
५) हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्बर्धनका लागि एउटा NRN, USA को मुख्य कार्यालय बनाउने र नेपालीहरुको बाक्लो बसाई भएका राज्यहरुमा कम्युनिटी सेन्टरको व्यवस्था गर्ने ।
६) स्थानीय नेपाली संघ–संस्था र स्थानीय अमेरिकन सरकार बीच सम्बन्वय बढाउन पहल गर्ने र ल्च्ल् संस्थाको माध्यमबाट नेपाली समुदायमा स्वास्थ्य, शिक्षा, बीमा, रोजगारी र ब्यापार जस्ता कार्यक्रम संचालन गर्न पहल गर्नेछु ।
७) अन्तर्राष्ट्रिय जगतमा सम्पूर्ण ख्यातिप्राप्त व्यक्तित्वहरु (जस्तैः कलाकार, पत्रकार, खेलाडी, साहित्यकार ….) लाई हाम्रा संचारका माध्यमबाट प्रचार–प्रसार गराई पुरस्कृत तथा हौसला प्रदान गर्ने ।
८) अमेरिकामा अपनाईएका नविनतम उच्च प्रविधिलाई नेपालको शिक्षा र स्वास्थ जस्ता महत्वपूर्ण क्षेत्रमा भित्र्याउन प्रयास गर्ने ।
९) नेपाली संघ–संगठनमा रहेर लामो समय काम गरेका अनुभवी र दक्ष व्यक्तित्वलाई अमेरिकाको स्थानीय राजनीतिमा सहभागी गराउन पहल गर्ने ।
१०) नेपालको प्राकृतिक सौन्दर्यता तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गरि पर्यटन बिकासमा सहयोग पु¥याउने ।
११) ल्च्ल्, ग्क्ब् ले अमेरिकामा रहेका सबै नेपाली संस्थाहरुलाई ल्च्ल्, ग्क्ब् को वेबसाइटमा सुचिकृत गरी सबै संस्थाहरुको सहयोगमा नेपाली अमेरिकनहरुको तथ्यांक संकलन गर्ने ।
१२) स्थानीय नेपाली संघ संगठनहरुलाई विशेष रुपमा समन्वय गर्दै ल्च्ल् का बिभिन्न गतिविधि र कार्यक्रममा सहभागी गराउने ।
१३) NRN, USA हामी सबै नेपालीको साझा संस्था बनाई सबै नेपालीलाई स्वत स्फुर्त सदस्यता लिने बातावरण बनाउने र नयाँ आउने समितिलाई सशक्त र प्रभावकारी बनाउन विशेष भूमिका खेल्न अभिप्रेरित गर्ने ।

यसरी प्रवासि नेपालीहरुको मन जोड्दै नेपाल र नेपालीका लागि आर्थिक सामाजिक र सांस्कृतिक क्रियाकलापमा आवश्यक सहयोग गर्ने हेतुले निस्वार्थ भावना बोकी विभिन्न योजना बनाएको छु । अन्त्यमा गत बर्ष जस्तै यहाहरुको माया, प्रेरणा र सद्भावको आभिलाषा सहित बरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएको कुरा सम्पूर्ण नेपाली दाजुभाई, दिदी–बहिनीहरुलाई सहर्ष जानकारी गराउँदछु …

धन्यवाद

प्रतिक्रिया