अमेरिकामा छुर्पीको माग बढ्यो
इलाम, २५ फागुन । कुकुरको आहाराका लागि छुर्पी अमेरिका निर्यात हुन थालेपछि नेपाली छुर्पीले माग धान्न सकेको छैन । अमेरिकामा वार्षिक चार लाख किलोग्राम छुर्पीको माग भए पनि दुई लाख किलो मात्रै निर्यात गर्न सकेको निर्यातकर्ताले जनाएका छन् ।
“वार्षिक चार लाख किलोग्रामभन्दा बढीको माग भए पनि थोरै मात्र निर्यात गर्न सकेका छौँ”–अमेरिकामा छुर्पी बिक्री गर्दै आउनुभएका हिमालयन कर्पोरेसनका सुजन श्रेष्ठले भन्नुभयो । हिमालयन डग ट्यु ब्रान्डमा नेपाली छुर्पी अमेरिकालगायत देशमा निर्यात हुन थालेको छ । १० वर्षदेखि मुख्य गरी अमेरिका, क्यानडा, मेक्सिको, जापानमा कुकुरको आहाराका लागि नेपाली छुर्पी लगिँदै आएको छ । नेपालबाट करिब छ लाख किलोग्रामभन्दा बढी छुर्पी माग भए पनि पुर्याउन नसकेको श्रेष्ठ बताउनुहुन्छ ।
इलाम, तेह्रथुम र ताप्लेजुङका डेरी उद्योगहरूमा उत्पादन भएको छुर्पी सङ्कलन गरेर ग्रेडिङ गरेपछि विदेश निर्यात गर्न योग्य हुन्छ । ग्रेडिङका आधारमा प्रतिकिलोग्राम रु ३५० देखि ६५० सम्मका दरले छुर्पी बिक्री गरिन्छ । अमेरिकामा मात्रै चार लाख किलोग्रामको माग आएपछि वार्षिक दुई लाख किलोग्राम छुर्पी अमेरिकामै उत्पादन गर्न थालिएको श्रेष्ठले बताउनुभयो ।
इलाममा मात्रै १०१ वटा छुर्पी उद्योग छन् । कम लगानीमा स्थापना भएका उद्योगले गुणस्तरीय छुर्पी उत्पादन नगर्ने किसानको भनाइ छ । हिमालयन कर्पोरेसनले कुकुरका लागि चाहिने छुर्पी बनाउन अहिले उद्योग सञ्चालकलाई तालिम गराउँदै आएको छ । माग बढेपछि अन्य कम्पनीले समेत छुर्पी निर्यात गर्न थालेका छन् ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया