जिल्लाका अधिकांश विद्यालयका कम्प्युटर प्रयोगविहीन
चरीकोट, २५ फागुन । दोलखा जिल्लामा रहेका अधिंकाश विद्यालयका कम्प्युटर प्रयोगविहीन बनेका छन् ।
सरकारले विद्यालयमा कम्प्युटर खरिद गर्नका लागि भनेर रकम दिएको र विद्यालयले कम्प्युटर खरिद गरे पनि आवश्यक जनशक्ति र पूर्वाधार नहुँदा जिल्लाका सबैजसो विद्यालयमा कम्प्युटर प्रयोगविहीन बनेका हुन् ।
कम्प्युटर प्रयोगमा नआउँदा विद्यार्थी कम्प्युटर शिक्षाबाट वञ्चित भइरहेका छन् । कम्प्युटर माकुराको जालो लागेर काम नलाग्ने अवस्थामा रहेका छन् । जिल्लामा आर्थिक वर्ष २०७०÷७१ मा जिल्ला शिक्षा कार्यालयले ९३ वटा कम्प्युटर प्रदान गरेता पनि सदरमुकामनजिकका विद्यालयमा मात्रै कम्प्युटर प्रयोगमा छन् ।
यो वर्ष पनि २५ वटा कम्प्युटर कार्यालयले वितरण गर्ने तयारी गरेको छ । कार्यालयले धमाधमा कम्प्युटर वितरण गर्छ तर विद्यालयका शिक्षक भने कम्प्युटर थन्क्याएर राख्न बाध्य छन् । नवीन मावि, भुषाफेदाका प्रधानाध्यापक तीर्थबहादुर श्रेष्ठ भन्नुहुन्छ–“हामीलाई दिएको कम्प्युटर थन्क्याउनु हाम्रो बाध्यता हो, हाम्रो विद्यालयमा आवश्यक जनशक्ति छैन र कम्प्युटर विषय पढाउने मात्रै होइन, अन्य विषय पढाउने शिक्षकको समेत अभाव छ ।”
दोलखाको नवीन मावि, भुषाफेदामा जिल्ला शिक्षा कार्यालय दोलखा र अन्य सङ्घसंस्थाबाट प्राप्त ११ वटा कम्प्युटर माकुराले जालो लगाएर प्रयोगविहीन अवस्थामा रहेको छ । त्यस्तै दोलखाकै अर्को मावि निकोभूमे माविमा १६ वटा कम्प्युटर प्रयोगविहीन अवस्थामा छ । यी विद्यालय त उदाहरण मात्रै हुन् ।
जिल्ला सबै गाविसमा विद्युत् आपूर्ति हुन नसक्नु, दक्ष जनशक्तिको अभाव (कम्प्युटर शिक्षक), राज्यले कम्प्युटर वितरणका गर्नु तर त्यसका लागि शिक्षकको भने व्यवस्था नगरिदिनाले यस्तो अवस्था सिर्जना भएको निको भूमे मावि, बाबरेका पूर्वप्रधानाध्यापक सुरेन्द्र प्रधान बताउनुहुन्छ । जिल्लाका दुर्गम गाविसमा रहेका विद्यालयमा त शिक्षक नै कम्प्युटर प्रयोग गर्न नजान्ने अवस्था रहेका छन् । जिल्लामा रहेको शारदा मावि, शैलुङ्गेश्वर र साँगुते मावि, फस्कुलगायत केही विद्यालयमा भने निजी स्रोतमा शिक्षक राखी कम्प्युटर प्रयोगमा ल्याइएको छ ।
दोलखा जिल्लालाई विद्युत् उत्पादन गृह भनिए तापनि यहाँका अधिकांश गाविसमा विद्युत् आपूर्ति नहुँदा यस्तो समस्या झेल्दै आएका छन् । सबै गाविसमा विद्युत् नहुँदा विद्यालयमा कम्प्युटरको मात्रै समस्या होइन विद्यालयमा अध्ययरत विद्यार्थीलाई अध्ययनमा समेत समस्या भइरहेको विद्यार्थी दुखेसो पोख्छन् । तर जिल्ला सदरमुकामवासीले भने कहिल्यै पनि विद्युत्भार कटौतीको समस्या झेल्नु परेको छैन ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया