प्रभावकारी भएन गृहिणी शिक्षा
बेनी (म्याग्दी), २५ फागुन । म्याग्दीको बाबियाचौरमा प्रौढका लागि सञ्चालित गृहिणी शिक्षा प्रभावकारी नभएको पाइएको छ ।
गाविसका महिलाको सक्रियतामा सञ्चालित जनआदर्श महिला सहकारी बाबियाचौरले विगत चार वर्षदेखि सञ्चालन गरेको गृहिणी शिक्षा अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको पाइएको हो ।
जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी सहकारीले कक्षा सञ्चालन गरेको भए पनि पछिल्लो समयमा कक्षामा पढ्ने आउने सहभागीको सङ्ख्या कम हुन थालेपछि प्रभावकारी नभएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । आधारभूत तहअन्तर्गत अनौपचारिक शिक्षाका रुपमा गृहिणी शिक्षा सुरु गरिएको थियो ।
गृहिणीको समयलाई मध्यनजर गर्दै बिहान र बेलुका दुई÷दुई घन्टाका दरले दिने गरिएको गृहिणी शिक्षालाई वैकल्पिक शिक्षाका रुपमा लिने गरिएको छ । पढ्न आउने सहभागीले नै आफूहरुलाई पढ्नका लागि पर्याप्त समय नहुने बताएपछि बन्द अवस्थामा पुगेको कार्यालयले जानकारी दिएको छ ।
यस वर्ष गृहिणी शिक्षाका लागि नयाँ कोटा नआएको र आगामी वर्ष कोटा आएको खण्डमा सो कक्षा सञ्चालन गर्न सकिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
हाल सम्म अप्रुभ नभएका आवेदन सच्याउने / अध्यावधिक गर्ने अन्तिम सूचना आवेदन (मिति २०२१ फेब्रुअरी २८ को पुर्बिय समय २३:५९ सम्म अध्यावधिक गरि सक्नुपर्नेछ)
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
अमेरिकाका पूर्व जिम्नास्टिक्स प्रशिक्षक जोन गेडर्ट मानव बेचबिखन र यौन अपराधको आरोप लागेपछि मृत भेटिए
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
प्रतिक्रिया