बालिका बलात्कार र किशोरीमाथि आक्रमण गर्ने र तेजाब खन्याउनेलाई पक्राउ गर्ने प्रयास जारी छ: उर्जामन्त्री ज्ञवाली
काठमाडौँ, २४ फागुन । ऊर्जामन्त्री राधा ज्ञवालीले बालिका बलात्कार र किशोरीमाथि तेजाब आक्रमण गर्ने अपराधीलाई जतिसक्दो छिटो पक्राउ गर्ने सरकारको प्रयास जारी रहेकोे बताउनुभयो ।
अन्तरपार्टी महिला सञ्जालले आफ्नो दशौँ स्थापना दिवस तथा नारी दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले छ वर्षीया बालिकामाथि बलात्कार गर्नेजस्तो जघन्य अपराधीलाई सरकारले छुट नदिने बताउनुभयो ।
उहाँले जनसङ्ख्याका आधारमा समानुपातिक सहभागिताका लागि स्थानीय निकायको निर्वाचनमा महिलालाई ५० प्रतिशत सहभागिता सुनिश्चित गर्नुपर्ने र त्यसका लागि सम्पूर्ण दलका महिला एक हुनसमेत आग्रह गर्नुभयो ।
सञ्जालका अध्यक्ष मीना पाण्डेले कलिला बालिका तथा किशोरीमाथि बलात्कार, हिंसा गर्दा पनि सरकारले तत्काल अपराधीलाई पक्राउ गर्न नसक्नु कमजोरी भएको बतउनुभयो ।
सञ्जालका महासचिव सावित्रा भूसालले समान कामको समान ज्याला, महिला समानतालगायतका विषयमा आवाज उठाउने दिन नारी दिवसकै अवसर पारेर २०६२ फागुन २४ गते सञ्जालको स्थापना गरको जानकारी दिनुभयो ।
कार्यक्रममा ऊर्जा मन्त्री ज्ञवाली, राष्ट्रिय महिला आयोगका सदस्य भगवती घिमिरे, संस्थाका अध्यक्ष मीना पाण्डेले संयुक्त रुपमा सञ्जालले प्रकाशन गरेको ‘सञ्जाल आवाज’ को विमोचन गर्नुभएको थियो ।
यसैबीच, नारी दिवसकै अवसर पारेर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नागरिक अस्पतालमा भर्ना भएका दुई सय बिरामीलाई फलफूल बाँडेको अनेरास्ववियु प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया