वरिष्ठ नेता खनाल स्वदेश फिर्ता
इनेप्लिज
२०७१ फागुन २४ गते १५:२४ मा प्रकाशित
काठमाडौँ, २४ फागुन । एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एसियाली राजनीतिक दलको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) को मलेसियाको राजधानी क्वलालम्पुरमा सम्पन्न स्थायी कमिटीको २४ आँै बैठकमा भाग लिई आज स्वदेश फर्कनुभयो ।
स्वदेश फर्केपछि आज विमानस्थलामा पत्रकारसँग कुरा गर्दै संविधान निर्माणका लागि वार्ताभन्दा सहमति र वार्तालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, सकेसम्म अधिकतम् सहमति नत्र यथेष्ट सहमतिका आधारमा संविधान ल्याउन वार्तामा जुट्नुपर्छ ।
बैठकमा एसियाली देशहरुका आपसी सम्बन्धलाई गहिरो र घनिष्ठ बनाउने तथा एसियाली महादीपलाई अग्रगामी दिशा दिने विषयका विमर्श गरी प्रस्ताव पारित भएको थियो ।
नेता खनाल यही फागुन १५ गते त्यसतर्फ जानुभएको थियो ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया