प्रधानमन्त्री कप इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता सञ्चालन
इनेप्लिज
२०७१ फागुन २४ गते १५:१० मा प्रकाशित
नेपालगन्ज, २४ फागुन । बाँके जिल्ला भलिबल सङ्घको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप दोस्रो इण्डो–नेपाल महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
लिग–कम–नकआउटका आधारमा फागुन २८ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल प्रहरी, पश्चिमाञ्चल भलिबल सङ्घ, सशस्त्र प्रहरी बल क्लब, न्यु डायमण्ड एकेडमी नैकाप, काठमाडौँ र भारतको युपी प्रदेशका खेलाडीको सहभागिता छ ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गर्दै सरकारको सीमित लगानीले समग्र खेलकुदको विकास हुन नसक्ने भएकाले निजी क्षेत्रको प्रवेश आवश्यक भएको बताउनुभयो ।
सङ्घका जिल्ला अध्यक्ष टङ्कसिंह ठकुरीको सभापतित्वमा भएको प्रतियोगिता उद्घाटन समारोहमा खेलाडीहरुद्वारा मार्चपार्स गरेका थिए भने स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
ट्रम्पलाई दोश्रो महाअभियोग लगाउने महाअभियोगको प्रस्ताव सिनेटमा
अमेरिकी इतिहासमा जेनेट एलेन बनिन प्रथम महिला -अर्थ सचिव
हरेक दिन अमेरिकनले १५ लाख खोप लगाउने छन :बाइडेन
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
रिपब्लिकनका रोम्निले ट्रम्पलाई सत्यता र न्यायको लागि महाअभियोग परीक्षण हुनु पर्नेमा जोड
प्रतिक्रिया