बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०३:१८
वासिङटन डिसी 17:33

एक दिवसीय राष्ट्रिय क्रिकेटमा एपिएफ विजयी

इनेप्लिज २०७१ फागुन २४ गते १४:२४ मा प्रकाशित

cricket123431काठमाडौँ, २४ फागुन । राजधानीमा आजदेखि सञ्चालन भएको एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगिताको उद्घाटन खेलमा एपिएफले क्षेत्र नम्बर ३ काठमाडौँलाई ६४ रनले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ्मा उत्रेको एपिएफले ४७ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै २१७ रन जोड्यो । जवाफी ब्याटिङ्मा उत्रेको काठमाडौँ ४४ दशमवल ४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो ।

एपिएफको जितमा दिपेन्द्र चौधरीले सर्वाधिक ५२ रनको योगदान दिए । त्यस्तै, सुवास खकुरेलले २५, सन्जय श्रेष्ठले २४, ज्ञानेन्द्र मल्लले २३ र अरिफ शेखले २२ रनको योगदान दिए ।

काठमाडौँलाई सस्तैमा समेट्ने क्रममा एपिएफका सन्जम रेग्मी एक्लैले चार विकेट लिएका थिए । प्रतियोगितामा उनी म्यान अफ द म्याचसमेत घोषित भए ।

त्यस्तै, काठमाडौँका लागि भने अदिल खानले ३८, भुपेन्द्र थापा क्षेत्रीले २५ र सुदिप शर्माले समान २५ रन जोड्नुबाहेक अन्य ब्याट्स्म्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

भोलि सोमबार त्रिवि मैदानमा त्रिभुवन आर्मी क्लबले क्षेत्र नम्बर एक विराटनगरको सामना गर्नेछ भने पुल्चोकमा क्षेत्र नम्बर २ वीरगन्जले क्षेत्र नम्बर ५ नेपालगन्जको सामना गर्नेछ ।

प्रतिक्रिया