सोमबार, कार्तिक १० २०७७
काठमाडौं १०:०४
वासिङटन डिसी 00:19

अस्वस्थताका कारण अध्यक्ष ओली निवासमा आराम गर्दै

इनेप्लिज २०७१ फागुन २४ गते १४:१५ मा प्रकाशित

kpकाठमाडौँ, २४ फागुन । शारीरिक अस्वस्थताका कारण नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चिकित्सकको सल्लाहमा अझै केही दिन निवासमै आराम गर्नुहुने भएको छ ।

स्वास्थ्यमा सामान्य असरमा कारण अध्यक्ष ओली शनिबार प्रधानन्त्री निवासमा भएको प्रमुख तीन दलको बैठकमा पनि सहभागी हुन सक्नुभएको थिएन ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार रूघा–खोकीको प्रभावका कारण चिकित्सकको परामर्शमा बालकोटस्थित निवासमा उहाँ आराम गरिरहनुभएको छ ।

प्रतिक्रिया