खेलकुद परिषद् त्रिपुरेश्वरमा आजदेखि जिम्न्याष्टिक तालिम सुरु
इनेप्लिज
२०७१ फागुन २४ गते १४:१२ मा प्रकाशित
काठमाडौँ, २४ फागुन । नेपाल जिम्न्याष्टिक सङ्घको आयोजनामा नवौँ राष्ट्रिय जिम्न्याष्टिक निर्णायक तथा प्रशिक्षक तालिम आजदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा सुरु भएको छ ।
करिब ६० जनाको सहभागितामा सञ्चालन भएको उक्त तालिमको उद्घाटन आयोजक सङ्घका पूर्व संस्थापक अध्यक्ष सुवर्णबहादुर क्षेत्रीले आज यहाँ एक कार्यक्रमबीच गर्नुभयो ।
सहभागीलाई भारतको पटियालाका पूर्व एकेडेमिक डिन डा गुरुदयाल सिंह बाबाले प्रशिक्षण दिने आयोजक सङ्घका महासचिव मुकुन्दलाल नकर्मीले जानकारी दिनुभयो ।
डा गुरुदयाल सिंह हिजो शनिबारै काठमाडौँ आइपुग्नु पर्नेमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइसेवा अवरुद्ध भएकोले भोलि सोमबार आइपुग्ने बताइएको छ ।
तालिम यही फागुन २९ गते शुक्रबारसम्म चल्नेछ ।
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
बानामा एनआरएनए अमेरिकाको निर्वाचनका अध्यक्ष पदका उम्मेदवार कृष्ण प्र.लामिछाने लगायतलाई स्वागत
पेन्सेल्भेनियामा चुनाव नियममा परिवर्तन गर्न दिएको रिपब्लिकनको चुनौतीलाई सर्वोच्च अदालतद्वारा पुन: अस्वीकार
जर्ज फ्लोयडको हत्याको आरोप लागेका पूर्व प्रहरी डेरेक शभिनको सुनुवाइको समापन बहस हुने
एनआरएनए अमेरिकाको चुनावमा उम्मेद्वार हुनेले जनसम्पर्क समितिको पदिय जिम्मेवारबाट राजिनामा दिनु पर्ने
टेक्ससको अस्टिनमा २ महिला र १ पुरुषको गोली हानी हत्या गर्ने पूर्व प्रहरी जासुस अझै फरार
प्रतिक्रिया