सहमतिकै आधारमा संविधान जारी गर्ने
इनेप्लिज
२०७१ फागुन २४ गते १०:२२ मा प्रकाशित
लम्की, २४ फागुन । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सहमतिकै आधारमा संविधान जारी गर्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन लम्की शाखाले आज लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री सिंहले सहमतिका लागि अधिकतम प्रयास भइरहेकाले सहमतिकै आधारमा संविधान जारी हुने उल्लेख गर्नु भयो ।
उहाँले प्रतिपक्षमा रहेका पार्टीहरु वार्तामा आएकाले सहमतिको प्रयास भइरहेको बताउँदै विवादित शासकीय स्वरुप, निर्वाचन प्रणाली, सङ्घीयताका विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका महामन्त्रीसमेत रहनुभएका उपप्रधान मन्त्री सिंहले सहमतिका माध्यमबाट संविधान जारी नभए प्रक्रियामा गएर भए पनि संविधान जारी गरिने बताउनुभयो ।
पत्रकारको प्रश्नको जवाफमा मन्त्री सिंहले आफू पार्टीको १३औँ महाधिवेशनमा सभापतिको आकांक्षी रहेको खुलासा गर्नुभयो ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया