सहमतिबाट संविधान ल्याउने पहल भइरहेको छ: महामन्त्री सिटौला
भद्रपुर, २४ फागुन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले सबै वर्ग, जातजाति र समुदायलाई समेट्न सक्ने अग्रगामी सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताउनुभएको छ ।
झापाको भद्रपुरमा नेपाल महिला सङ्घ झापा क्षेत्र नं ३ द्वारा आज आयोजित कार्यक्रममा उहाँले आगामी जेठ १५ भित्रमा संविधान जारी गर्ने गरी सहमतिका लागि पहल भइरहेको उल्लेख गर्नु भयो ।
विस्तृत शान्ति सम्झौता र १२ बुँदे सहमतिका आधारमा नयाँ संविधान निर्माण हुने बताउदै महामन्त्री सिटौलाले गणतन्त्र संस्थागत गर्न संविधान अपरिहार्य छ भन्नुभयो ।
झापा क्षेत्र नं ३ का सभासद्समेत रहनुभएका सिटौलाले आरक्षणले मात्र नारी अधिकारको रक्षा हुन नसक्ने बताउँदै नारी एकता र सङ्घर्षले प्रतिस्पर्धी बन्न सकेमात्र अधिकार सुरक्षित हुने धारणा राख्नु भयो ।
क्षेत्रीय सभापति शर्मिला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला सङ्घ झापाकी सभापति सुशीला ढकाल, बनियानी सभापति मीना खड्का, शिक्षक युनियन झापाकी उपाध्यक्ष कृष्णमाया रिजाल, महाधिवेशन प्रतिनिधि तारा भुर्तेललगायतले मन्तव्य राख्दै नारी अधिकार सुरक्षाका लागि नारीबाटै जागरण अभियान जरुरी रहेको धारणा राख्नुभएको थियो ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया