भानुको आँखामा नारी दिबस !
कोरी बाटी कपाल पछाडी चुलठी झारेर सिउदो धरि
रातो सिन्दुरले भरि. नयनमा गाजल लगाई वरि
टीका सिम्रिकको चटक्क खुलने निधारमा बाटुलो
बाला कंगन हातमा छ छनछन् चूरा र पोते ठूलो
लाएकी छिटको गुन्यु र पटुकी चोली भने मखमली
गाउ बेशी गरेर मस्त बनमा सल्लाको पाउडर दली
घर धन्दा घरको र मान्य जनको आदर र सत्कारमा
मनमा निश्चल भाव ली रिदयमा जो बस्दछिन प्यारमा
यस्ती प्रेयसीको छ चाह मनमा पाइदैन खोज्दा किन ?
छाम्दा बेड त खालि भेट्दछु प्रिये नारि दिबसको दिन !
भालेको स्वरमा उठेर दईलो पोतेर गाग्री भरि
घरआगन पिढीमा कुचो र कसिंगर लाइ बढारि वरि
पुजाको सरजाम थालि फुलको भरेर चोखो जल
राख्छिन ठिक गरेर सासु ससुरा उठेर झर्दा तल
कुँडो घास र पात आदि सबको गाई र भैंसीकन
हेर्छिन , ति घरका जहान सबको खुशी गराई मन
भान्साको सरजाम तयार गरदै स्वामी सगै प्रेमले
आँखा खोलनुहोस् चिसोजल किता छ्याप्छु भनी स्नेहले
भन्ने प्रेयसीको छ चाह मनमा पाइदैन खोज्दा किन ?
आलिङ्गन कसलाई गर्नु त प्रिये नारि दिबसको दिन !
झण्डा बोकी सडक तताई महिलाको मण्डलीमा गइ
नारा लाइ जुलुसको भिडमहा सारै चनाखो भई
हक माग्दै अधिकारको पनि ठुला, ठुला कुरा गर्दछौ
यो कर्तब्य पनि छ गर्नु परने भन्दा पछि पर्दछौ
चाहियो अधिकार लौ पुरुषले दिएनन् भन्दै अझै
खोज्छौ फेरी समानता पुरुषको बराबरीमा संगै
खुट्टामा उभिने समान अबसर त्यो राज्यले दिन्छ नै
न्यायी कानुन भन्छ एक सब हौ भेदभाब केमा छ है
होला नि अपबाद एक दुइ ता रडाको गर्छौ किन ?
छाम्दा बेड चिसो न पारन प्रिये नारि दिबसको दिन !
दुइ पाङ्ग्रा रथको बराबर हुदा जस्तै हो घर भन्दछन
ज्ञानी सद्गुणकि सरस्वतिसरि लक्ष्मी पनि मान्दछन
बामांगी सहधर्मिणी पनि ति हुन् नारि सदाचारकी
जुध्ने काम कदापि हुन्न तिनमा जो उच्च छिन पारखी
स्रस्टा हौ परिपालना गरि धरा घुमाउछ्यौ बिस्व यो
आफ्नै हात छ माथि गर्नु तजबीज पालेर संसार यो
फेरी के किन हो नपुग हुन गई जालो बुनि हिडदछौ
एक दिनमै उपलब्धि स्वर्ग सरिकै होला भनि भिडदछौ
आफ्नै हुन् यी पुरूष नारि यिनकै शोभा बनेको चिन
झण्डा फ्याँक संभाल काम घरको सार्थक बनाउ दिन !
८ मार्च , २०१५
भर्जिनिया
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १ सय संक्रमित ,३२७ जनाको मृत्यु
अमेरिकाको हाइल्याण्ड पार्क शहरमा गोली हान्ने संदिग्धलाई प्रथम श्रेणीको हत्याको ७ गणनाको आरोप
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
प्रतिक्रिया